SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
    १६७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बैदेशिक रोजगारीले अधिकांश नेपालीहरुको घरमा सन्पन्नता ल्याएको छ । आफ्नो खुसी विर्सेर परिवारका लागि भन्दै विदेश गएका युवाहरुका कारण धेरै नेपालीको भान्छामा चुलो बलेको छ । नेपालमा रेमिटयान्स भित्रिएको छ । तर सबै कुराको सकारात्मक र नकारात्मक पाटा भएजस्तै यसको पनि नकारात्मक पाटा तर्फका कुरा धेरै बाहिर आउन लागेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    श्रीमती छोराछोरी र परिवारको खुसी खोज्न विदेश गएका युवाहरु घर फर्कदा घरमा न श्रीमती हुन्छिन् न त उनीहरुले विदेशमा कमाएको पैसा नै हुन्छ । मरुभूमीको तातो घाममा शरिर डढाएर फकिएका युवाहरुको घरवास उजाडिएका धेरै घटना सार्वजनिक भएका छन् । यो एक महिना भित्र त्यस्ता झण्डै आधा दर्जन घटना सार्वजनिक भएका छन् ।

    विदेशवाट लामो समय पछि श्रीमान आउँदा घर रित्तै हुन्छ भने कमाएको सम्पत्ती समेत हुँदैन । फेरी यस्तै घटना अहिले सार्वजनिक भएको छ । पछिल्लो समय चितनवबाट त्यस्ता घटना धेरै सार्वजनिक भएका छन् । यहाँ पनि हामी फेरी चितवनको अर्को घटनाका बारेमा प्रस्तुत गरेका छन् । साउदीमा रहेका एक युवा १२ वर्ष पछि घर आउँदा त्यस्तै अवस्थाको सामना गर्नु परेको छ ।

    साउदीमा रहेका ४२ वर्षीय भिम नेपाली घर फर्कदा उनको श्रीमती घरमा छैनन् । उनले कमाएको सम्पत्ती पनि छैन । उनले कमाएको २० लाख रुपैया लिएर श्रीमती आफ्नै भान्जासंग भागेको भिमले आरोप लगाएका छन् । दुई छोरा र एक छोरीकी आमा श्रीमानले कमाएको २० लाख रुपैया सहित हराएपछि भीम रुँदै मिडियामा आएक छन् । ३७ वर्षकी श्रीमती विवाह गरेको २० वर्ष पछि सम्पत्ती सहित हिडेपछि भिम रुँदै आएका हुन् ।

    उनको छोरी साइन्स पढ्दै छिन् । उनको श्रीमतीको नाम माया हो । करिब ७ महिना यता मायाले भिमसंग कुरा पनि गर्न छोडेकी थिइन् । भिम घर आउँदा पनि ति भान्जा घरमा आउने जाने गर्थे । तर उनले भान्जासंग त्यस्तो सम्बन्ध होला भन्ने कल्पना समेत गर्न नसकेको बताए । विदेशमा रहँदा पनि उनले भान्जाको बारेमा पनि सोधिरहन्थे । भिमले प्रत्यक महिना श्रीमती मायालाई पैसा पठाउँथे । १८ वर्षको उमेरको छोरी छन् । छोरीको विवाह गर्ने उमेरमा आमा नै आफ्नो भान्जासंग हिडेपछि अहिले भिम निकै चिन्तित भएका छन् ।

    https://youtu.be/8i7Yk2QrtYI

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं