SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    १८२४ &#२३४६;&#२३३५;&#२३२५;

    हामी सबैले आफ्नो-आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ ।हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि । यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ ।भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ ।राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः

    १. मेष राशीः मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ । २. वृष राशीः जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ । ३. मिथुन राशीः २२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ । ४. कर्कट राशीः जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ।

    ५. सिंह राशीः सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ । ६. कन्या राशीः कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ। ७. तुला राशीः २४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ । ८. वृश्चिक राशीः वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।

    ९. धनु राशीः जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ । १०. मकर राशीः २५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ । ११. कुम्भ राशीःजो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ । १२. मीन राशीः मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं