
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड।
४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै नियतिका साथ पढ्दै आएका लक्ष्मी माध्यमिक विद्यालय पालुङटार–६, गाईखुर गोरखाका विद्यार्थीहरुले नयाँ भवन पाएपछि फुरुङ्ग बने । खुसीले उफ्रिए, चिच्याए, नाचे र धेरै बेरसम्म भवनका भित्ता र नयाँ डेस्कबेञ्च मुसारिरहे ।
अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु सोमबार नयाँ भवनमा पढ्न पाउने भएपछि एकाएक रोमाञ्चि बने । विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र शिव नेपालीले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए । छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनले गीत मार्फत नै सुनाए । यस्तै कक्षा ८ की छात्रा सरु श्रेष्ठले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे–श्रेष्ठले भनिन्, अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन । कक्षा ३ की छात्रा सुस्मिता मगरातीले जस्ताको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् ।
कक्षा १० का छात्र सञ्जय मल्ल पनि विद्यालयको नयाँ भवन हेरर धेरै बेर टोलाए । उनले भने– अब त हावा लागेपनि छाना नउड्ने भयो ।
नयाँ भवनको खुसी विद्यार्थीमा मात्रै सिमित रहेन । अभिभावकहरु पनि नयाँ भवन देखेर सन्तुष्ट भएका देखिन्थे । स्थानीय अभिभावक रामकुमार श्रेष्ठले विद्यालयमा नयाँ भवन बनेकोमा खुसीकोसीमा नै नरहेको बताए । जिल्लाकै पुरानो मध्येको यस विद्यालय भूकम्प पश्चात् अस्थायी टहरामा सीमित भएको थियो । उनले भने– नयाँ भवनसँगै विद्यालयको विरासत फर्केको छ । अर्का स्थानीय पुष्पलाल श्रेष्ठले अस्थायी टहरामा विदार्थी पढ्न पठाउँदा दिनभर नै चिन्ता लागिरहने भन्दै अब पक्की भवन बनेपछि सबै पीर हटेको खुसी व्यक्त गरे । भव्य समारोहका बीच सोमबार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीन ब्लकको २४ कोठे नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विद्यार्थीमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी नयाँ भवनमा अत्याधुनिक विज्ञान प्रयोगशाला, पुरस्तकालय, कम्प्युटर ल्याव, किचेन, शौचालय, खानेपानी, इसिडिलगायतका सुविधा रहेका छन् । २०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थीहरु टिनले छाएको र टिनले नै बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । २ वर्षमा निर्माण सम्पन्न विद्यालय भवनको ०७५ बैशाखमा निर्माण शुरुभएका थियो । एक भव्य समारोहका बीच सोमबार विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
शुरुमा एमवी गौरी पावर्ती निर्माण कम्पनीका प्रतिनिधि इञ्जिनियर निशान अधिकारीले निर्माण गरिएको भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्रलाई हस्तान्तरणगरेका थिए । लगत्तै मिश्रले सो भवनको साँचो प्रमुख अतिथि एवं पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेलाई हस्तान्तरण गरेका थिए । पाण्डेले पालुङटार नपाका ६ नम्बरका वडाध्यक्ष गोविन्द बराकोटीलाई, बराकोटीले साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम काराखेतीलाई र विव्यस अध्यक्ष काराखेतीले अन्तिममा भवनको साँचो विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले भूकम्पको केन्द्र गोरखामा संरचनाहरु मात्रै नभत्किएकासँगै मान्छेका मनहरु पनि भत्केका भन्दै पुननिर्माणले संरचना र मनहरुको पुननिर्माण एकैसाथ गरिदिएको बताए । सरकारले विद्यालयको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको आफूले पाएको भन्दै लक्ष्मी माविको पुनर्निर्माणले आफूलाई उत्साहित बनाएको पाण्डेले बताए ।
यो विद्यालय म पढेको, मैले लामो समय पढाएको र सहायक प्रअ र प्रअ भएर नेतृत्व गरेको विद्यालय हो–पाण्डेले भने, यस ऐतिहासिक विद्यालयको पुनर्निमार्णले सिंगो पालुङटारवासीलाई हर्षित बनाएको छ ।सार्वजनिक शिक्षाको सुदृढीकरण नै समृद्ध मुलुकको पहिलो आधार भएको भन्दै पाण्डेले अब अत्याधुनिक भवनको सदुपयोग गर्दै सीप र प्रविधियुक्त शिक्षण सिकाइ गर्न विद्यालयसँग आग्रह गरे । विद्यालय भवन बन्यो अब पढाइ बनाउनुस्– पाण्डेले भने ।यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले नयाँ बनेको भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको बताए । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए ।
पालुङटार नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष गोविन्द बराकोटीले जस्ताको टहरामा कष्टसाथ पठनपाठन गर्दै आएको विद्यालयलाई इकाईले नयाँ भवन बनाइदिएकोमा खुसी व्यक्त गरे । भवनको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिकाको भएको भन्दै विद्यालयमा प्रविधियुक्त सिकाइ गर्ने रविद्यार्थी संख्या बढाउने जिम्मा आफुहरुको भएको बताए । बडेमानको नयाँ भवन पाएपछि लक्ष्मी मावि ६७ वर्षे तन्नेरी बनेको छ–बराकोटीले भने, स्थानीय अभिभावकहरुले अब छोराछोरी यस विद्यालयमा पठाउनु पर्यो, गुणस्तरको जिम्मा हामी लिन्छौं । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम काराखेतीले भवनको अभावमा जस्ताको टहरामा विद्यालय सञ्चालन गर्दा हिलो र धूुलोको धेरै समस्या आएको भन्दै अब गर्मी र जाँडोले विद्यार्थीहरु पीडित नहुने बताए ।
ठूलो हावा लाग्यो कि छानो उड्ने डरले सताउथ्यो, पानी पर्यो कि हिलैहिलो– उनले भने, अब विद्यालयको ध्यान सिकाइ सुधारमा मात्रै केन्द्रित हुन्छ । विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठले भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने बताए । गर्मीमा जस्ता तात्ने, जाँडोमा शीत चुहिने, हावा लागे छानै उड्ने, पानी परे हिलो हुने, घाम लागे धूलो उड्ने विगतको चार वर्ष विद्यालय नियमित गराउनैमा पुरा ध्यान केन्द्रित गर्नुपरेको श्रेष्ठले दुखेसो गरे ।
कैयौं पल्ट छाना उडायो, अब छानाको कुनै पीर रहेन । उनले भने– अब विद्यालयको पुरै ध्यान प्रविधि र सीपयुक्त सिकाइमा केन्द्रित हुनेछ ।
सोही समारोहमा विद्यालयको पूर्व विद्यार्थी संघले कक्षा ११मा प्रथम भएकी सजिना थापा, कक्षा ९ मा प्रथम भएका सञ्जय मल्ललाई नगद ११ हजार र कक्षा ८ मा प्रथम भएका अशोक परियारलाई नगद ८ हजार सहित पुरस्कृत गरेको थियो । संघकी अध्यक्ष निर्मला श्रेष्ठ मल्लेले पुरस्कार राशी विद्यार्थीहरुलाई हस्तानतरण गरेकी थिइन् । कार्यक्रममा विद्यालयका सहायक प्रअ गणेशराज सेढाइले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक रमेश रोकाले कार्यक्रम सञ्चालन गरेका थिए । साथै, विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
भूकम्प अगाडि साढे दुईसय बढी विद्यार्थी रहेको विद्यालयमा भूकम्पपछि बसाइसराई र अस्थायी टहराका कारण विद्यार्थी घटेर १७० मा पुगेका भन्दै प्रअ खनालले नयाँ भवनसँगै विद्यार्थीको संख्या बढ्ने अपेक्षा व्यक्त गरिन् । भूकम्पले भवन ध्वस्त बनाएपछि विद्यालयले अर्कैको जग भाडामा लिएर अस्थायी टहरामा पठनपाठन गराउँदै आएको थियो । भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए । विस २००९ सालमा स्थापना भएको विद्यालयमा हाल २५० विद्यार्थीहरु अध्ययनरत छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया