
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि सर्वसम्मत भएका छन्। प्रतिनिधिसभामा उनको विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवार खडा गरेका थिएनन्। प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख ओनसरी घर्तीले खादा लगाइदिइन्,बधाई दिइन्। लगत्तै सुवास नेम्वाङले सापकोटालाई भेटेर बधाई दिए। तर सापकोटाको नजर भने प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ थियो। सापकोटा प्रधानमन्त्रीलाई भेट्न आतुर थिए।
त्यसबीचमा सत्तापक्षको बेञ्चको पहिलो लहरमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई खादा लगाइदिए। अनि शुभकामना थिए। सापकोटाका वरिपरि सांसदहरू बधाई दिन जम्मा भैसकेका थिए। तर सापकोटाले सांसदहरूलाई पर्खन आग्रह गर्दै प्रधानमन्त्री भएतिर दौडिए। प्रधानमन्त्री केपी शर्मा ओली सत्तापक्षकै अन्य सांसद र मन्त्रीहरूसँग कुरा गर्दै थिए। सापकोटाले दौडिएर गएर प्रधानमन्त्रीसँग हात मिलाए। प्रधानमन्त्री ओलीले सापकोटालाई बधाई दिए। सापकोटाले भने सभामुखका रूपमा आफूलाई चयन गरेकोमा ओलीलाई धन्यवाद भने । सापकोटा दौडिएको देखेर प्रचण्ड भने तिनछक परेका थिए ।
को हुन् सापकोटा ?
२०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुभिन्डेमा जन्मिएका सापकोटा १५ बर्षको अध्यापन पेशा छाडेर राजनीतिमा होमिएका थिए । ०२९ सालमा विद्यार्थी संगठनमा आवद्व भएका सापकोटा ०३५ सालमा नेकपा (चौम) को सदस्य भएका थिए । ०३६ सालको जनमतसंग्रहको घोषणापछि शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष र महासचिव भए । शिक्षक संघर्षमा ०४२ सालमा करिब चार महिना जेल बसेका थिए । ०४८ मा शिक्षक पेशाबाट राजीनामा दिई राजनीतिमा सक्रिय भएका सापकोटा ०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । ०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य र ०५१ असोजमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका सापकोटा ०५२ माघदेखि भूमिगत भए । ०५२ फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्यूरो इन्चार्ज, ०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित भएका थिए ।
०५८ मा सरकारसँग वार्ता गर्न गठीत ३ सदस्यीय वार्ता टोलीको सदस्यका रुपमा उनी वार्तामा सहभागि थिए । ०६२ चैत १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले गरेको हमलामा ३ वटा गोली लागेर उनी गम्भीर घाइतेका थिए । २०६९ माघमा भएको तत्कालीन एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित भए । ०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता भए । त्यसपछि ०७१ मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्यमा निर्वाचित भएका सापकोटा ०७३ मा नेकपा माओवादी केन्द्रको कार्यालय सदस्यका रुपमा थिए ।
उनी अहिले नेकपाको स्थायी समिति सदस्य छन् । लगातार तीनपटक सांसद निर्वाचित सापकोटा दुईपटक मन्त्री भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सापकोटा ०६८ वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री भए । दोस्रो संविधानसभामा पनि सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी ०७३ मा वन तथा भू–संरक्षण मन्त्री भए । ०७४ को प्रतिनिधिसभा सदस्यमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सापकोटा अहिले त्यही संसदलाई नेतृत्व गर्ने भूमिकामा छन् । र, प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएसँगै संसदमा सुरु भएको छ ‘अग्नी परिक्षा’ । । भिडियो सेतोपाटिबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया