SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
    १८९५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले उनीहरुलाई आइतबार दिउसो स्टेजमा उतार्ने भएका हुन । उनीहरुले विशेष समय लिएर पोखरा महोत्सवमा आउने दर्शकको मागलाई मध्येनजर गरी दोहोरी प्रस्तुत गर्ने महोत्सवका सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यसैगरी संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती रहने छभने सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुती रहनेछ ।

    महोत्सवमा शनिवार दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । दर्शकसंगै महोत्सवमा कारोबार समेत निकै वढेको छ । महोत्सवमा शनिवार उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको लोकदोहोरी प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए ।

    पंगेनी संगै लोकदोहोरी गायक गायिकाहरु प्रजापति पराजुली, तारापति सुवेदी सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरिता सारु मगर, टस गुरुङ, बिकास नेपाली, टेक क्षेत्री, सुरेस राना मगर लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए ।
    शनिवार आधुनिक गायक सन्तोष बस्याल र सांझको पप कन्टसर्टमा अन्तराष्ट्रिय ब्याण्ड मन्त्र र स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिएभने संस्कृती तर्फ माटेपानी मगर समाजको मगर संस्कृतीमा आधारित कौराहा नृत्यको प्रस्तुती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं