SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
    २८०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमान्डौ – बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफै लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन् । तर अहिले माइतीलाई पनि मनाएर धुमधामका साथ माघ १३ गते विवाह गर्ने निधो भएको थियो ।दुवै परिवार खुसी भएपछि उनको खुसी झन दुइगुना भएका थियो । महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर विवाह गरेकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय (बाहुन–क्षेत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार नगरेका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पाँच दिन पछि हुने आफ्नो विवाहका लागि साथीलाई कार्ड पुर्याउन हिडेकी उनलाई टिपरले ठक्कर दियो । उनी कहिल्यै नफर्कने गरी अस्ताइन् । महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेको उनको घण्टापछि नन्दले फोन गर्दा लागेन । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो।

    आफ्नै विवाहको निम्तो बाँड्ने क्रममा दुर्घटनामा ज्या’न गु’माएकी रमिता भट्टको वियोगमा उनको परिवार मात्र हैन धेरैको आखा रसाएका छन । मन रोएको छ । रमितालाई गु’माउदा उनको पिरिवार बिक्षिप्त बनेको छ।शोक मा डुबेको छ ।विहिवारबाट नै प्रकाशले फेसबुकमा थरी थरीका स्टाटस लेखेर दुनियाँलाई रुवाएकाे छन् । उनले लेखेका स्टाटसहरुलाई तल प्रस्तुत गरेका छाै । बिहेको लगी किनेको चुरा पोते माला लगाएतको तस्बिर सार्बजनिक गर्दै दिदि पार्वतीले लेखेको स्टाटसले फेरी सबैलाई भाबुक बनाएको छ । उनले लेखेकी छन – कति सपना सजाय थिसस बैनी हातमा मेहेन्दी चुरा पोते अनि सिउदोमा सिन्दुर लगाउला भनेर तिम्रो सपना सपनामै सिमित रह्यो ।

    मेरो भाइलाई एक्लै पार्यौ । कसरी सम्हाल्ने । भाइलाई बिहेमा लगाउने सब किनेउ तर लगाउन पाएनौं। बैनी तिम्रो स्वर्गमा बास होस् । बैनी साचो मायामा भगवानको पनि आखा लाग्छ भन्थे हो रैछ । कति सपना देख्या होलि तिमीले ……..।१ वर्षअघि भागी विवाह गरेका कञ्चनपुरका उनीहरुको यही माघ १३ गते परम्परागत विवाहको साइत जुरेको थियो । यसैको लागि निम्तो बाँड्न हिँडेकी रमिताले ट्रिपरको ठक्करले ज्या’न गु’माएकी थिइन् । विवाहको ४ दिनअघि दु’र्घटनामा पत्नीको ज्या न गएपछि प्रकाशले फेसबुकमा अर्को भावुक स्टाटस लेखेका छन।

    प्रकाशले लेखेका छन् – म छुटिमा आउदा बिहान मलाई उठाउथिस म १० मिनेट सुत्न दे भन्दा ब्लांकेट फालेर उठाउथिस अनि टि ल्याएर दिन्थिस मैले बिहान टि लिएर आइज भन्दा किन नल्येकी होस् । किन ब्युझिन्स आज मलाइ ? उनले भगावन संग समेत आक्रोस पोखेका छन ।उनि अगी लेख्छन रोटि बनाउदा सानो हात डढयो भने ७ दिन सम्म हात डढयो भनेर सुनाई राख्र्थी तर आज चितामा पुरै ज ल्दा मलाई किन केहि पनि भनेन किन सुनाइन मलाइ दुखिराछ भनेर ।प्रेमीकाको निधनले विक्षिप्त बनेका प्रकाशले सामाजिक सञ्जालमा निकै मार्मिक स्टाटस लेखेका छन् । उनले रमितासंग विताएका पलका तस्बिर सार्वजनिक गर्दै अब आफु पनि छिट्टै आउने लेखेका छन् । उनले लेखेका छन्, तेरो लागि रातो साडी पनि किनेको छु नी बुढि हाम्रो पर्सी विहे हो ।

    कहाँ छस् छिटो आइज न प्लीज । एक चिप्टी सिन्दुरको लागि तैंले आफ्ना आफन्त सबैलाई छोडेर मलाई साथ दिइस् म संग आइस् तर अहिले मलाई बिच बाटोमा छोडेर किन गइस् ? अब यति लामो जिवनको वाटो म एक्लै कसरी हिड्नु ? कति सपनाहरु थिए किन धोका दिइन् ?तँलाई मैले पहिले नै भनेको थिए तलाई केही हुनु पहिला नै म रहन्न भनेर ? मलाई एक्लै किन छोडेर गइस् ? म एक्लै के गरुँ ? छिटो आइज न विवाह गरुँ । मैले ल्याइदिएको यो साडीमा तेरो सिउँदोमा सिन्दुर लगाइदिने सपना छ मेरो । म पनि छिट्टै आउँछु तँ संग बुढी । मलाई नभुलेस् है मलाई पर्खेर बसेस् । म पनि छिट्टै आउँछु तँ संगै चखेवाको जोडी जस्तै थियो हाम्रो माया अब एक गएपछि अर्को आफै आउँछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं