SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/८ गते
    १०३९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा जारी बुद्धिचाल प्रतियोगिताको दोश्रो चरणको खेलमा अनिल कोइराला र कृष्ण थापा समान ३.५ अंकको अग्रता सहित फाइनलमा प्रवेश गरेका हुन । त्यसैगरी महेश्वर अधिकारी, सागर शाही, विश्व पराजुली, विनोद नाल्मी, युवराज भण्डारी, विर बहादुर परियार समान ३ अंक प्राप्त गर्दै फाइनल प्रवेश गरेका छन भने वुद्धिराज शर्मा, पुजा भण्डारी, राम बहादुर क्षेत्री, पन्चराम गुरुङ, चन्द्र बहादुर गुरुङ र मनोज ठकुरीले समान २.५ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेका छन । प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उक्त प्रतियोगितामा सिनियर राष्ट्रिय आर्विटर (रेफ्री) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (रेफ्री) नरेन्द्र रानाभाटले रेफ्रीको भुमिका निर्वाह गरेका छन । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन । महोत्सवमा जारी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामामा कुमुदिनी होम्स र युनिभर्स एकेडेमी फाइनलमा प्रवेश गरेका छन । ज्ञानगंगा एकेडेमी र अमरसिंह माविलाई पछाडि पार्दै कुमुदिनी र युनिभर्स फाइनलमा प्रवेश गरेको हो ।

    महोत्सवमा मंगलवार पछिल्लो समय निकै चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सपुत संगै शंकर विरही गुरुङ, पी आर सी पौडेल, निश्चल थापा मगर, सीता परियार, सरस्वती लामिछाने, दुर्गा क्षेत्री लगायतकोे प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । मंगलवार सांस्कृतीक कार्यक्रम तर्फ तेर्सापट्टी ताया मचा समितिको भैरव नाज र गाईजात्रामा देखाइने मृदङ्ग वादन आठ वटा मृदङ्गको एकमुष्ट प्रस्तुती राखेका थिए । महोत्सवमा सांझको पप कन्सर्टमा शनिस श्रेष्ठ र स्थानिय प्रोभर्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।

    महोत्सवको नवौ दिन बुधवार लोकदोहोरी तर्फ ज्योति मगर, जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, इश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुती रहनेछभने । तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्य प्रस्तुती रहने छ । संस्कृति तर्फ गुरुङ संस्कृतिमा आधारित चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुती रहने छ । सांझको लाईभ कन्सर्टमा भारत कल्कत्ताका गायक अर्को मुखर्जी र ड्रिमर्जको प्रस्तुती रहने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं