SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/८ गते
    १२७० &#२३४६;&#२३३५;&#२३२५;

    नयाँदिल्ली । भारतमा फेरि २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । तमिलनाडुको भेलोर जिल्लास्थित तीनजनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । निर्भया बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय सुनाएको एक महिना नपुग्दै यस्तो घटना भएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो । स्थानीय समय अनुसार शनिबार राति सबा ९ बजे यस्तो घटना भएको भेलोर प्रहरीले जनाएको छ । तीनजनाको समूहबाट खोस्ने प्रयास गरेका युवाकलाई भने उनीहरुले कुटपिट गरी लखेटेका थिए । बलात्कारपछि युवतीको सेल फोन र गहना समेत चोरेर लगेको बताइएको छ ।

    ‘जब युवती घर पुगिन् उनले कुटपिटसँगै मोबाइल र गहना चोरिएको भनेर आफ्ना भाइलाई सुनाइन् । तर उनले बलात्कारको कुरा भनिनन् । उनीहरू सुरुमा उपचारका लागि अस्पताल पुगे । त्यहाँ उनले के भएको भनेर डाक्टरलाई भन्नैपर्ने भयो । त्यसपछि तुरुन्तै उनीहरु प्रहरी स्टेशनमा पुगे,’ अनुसन्धान अधिकृतले भने । प्रहरीका अनुसार उक्त घटना ‘भेलोर फोर्ट’ नजिकै भएको थियो । पीडितका अनुसार बलात्कारमा संलग्न तीन जनामध्ये एकजना ३ देखि ४५ वर्ष उमेर र अरु दुई २० वर्षजतिका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं