SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    ५९९१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सामाजिक सञ्जालमा अहिले आस्था राउत निकै चर्चामा रहेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति बबाल भएको छ । गत बुधबारको सो घटनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गर्दैछन् । सीसीटीभीको फुटेज सार्वजनिक भएपछि यस घटनाले गायिका राउत बढी आलोचित हुन परेको छ । यो सँगै उनले पटकपटक माफि पनि मागेकी छिन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस घटनामा रमिताले अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्थाविरुद्ध मुद्धा दायर गरेकी थिइन् । राउतलाई तत्काल पक्राउ गर्न भनिएको छ । यसैक्रममा गायिका आस्था र प्रहरी जवान रमिताबीच भएको वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धर्यता र शालिनता नदेखिएको उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको भन्दै यस्तो बताएका छन् । उनले लेखेको अंग्रेजी स्टाटसको नेपाली भानुवाद तल हेर्नुहोस, ‘मेरा फेसबुक साथीहरूले मलाई यस्तो प्रश्न सोधे कि म यो भिडियोमा छु वा छैन..हो म यो भिडियोमा म छु । मैले सबै कुरा देखेको छु र म यो भन्न सक्छु कि यो आस्थाको गल्ती हो…पुलिसवाइमन(रमिता)ले भर्खरै आफ्नो काम गरिरहेकी थिईन । उनीले सबै कुरा जाँच्न १०० प्रतिशत पाउँछिन् ।

    मलाई थाहा छ कि आस्था सेलिब्रिटी हुन सक्छ तर उनले नियम कानुन पालना गर्नुपर्दछ । फ्लाइट छुट्न लागेको भन्दै हतारिन् । हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताइन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन् । ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफि महिला प्रहरीले दिइन् ।

    उनले लिन नमान्दा टेबुलमा कफि पोखियो । तत् पश्चात टेबुलमा पोखिएको कफि पुछ्न र डसविनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन् । महिला प्रहरी आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । महिला प्रहरी सही छिन् । महिला प्रहरीलाई उनले राम्रो काम गरेकोमा सलाम गर्न चाहन्छु ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं