SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    १७१८ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत,  । 
    पर्वत कलाकारहरुको संरक्षण तथा अधिकारको पक्षमा काम गर्नको लागि भन्दै गण्डकी प्रदेशभित्रका क्षेत्री कलाकारहरु संगठित भएका छन् । नेपाली लोकगीत संगितको क्षेत्रमा लागेका गण्डकी प्रदेशका ११ जिल्लाका कलाकारहरु आईतबार पोखरामा भेला भएर क्षत्री कलाकार समाज नेपाल गण्डकी प्रदेश गठन गरेका हुन् ।

    चर्चित गायक तथा सर्जक राजन कार्कीको संयोजकत्वमा लामो समय लोक गित संगित सँगै सञ्चार क्षेत्रमा कृयाशिल लोकप्रिय गायक कृष्ण अखेलीको अध्यक्षतामा १६ सदस्यिय समिती गठन गरेका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा रवि कार्की क्षेत्री, उपाध्यक्षमा सरस्वती लामिछाने क्षेत्री, महिला उपाध्यक्षमा तारा थापा क्षेत्री, सचिवमा सुरज वाग्ले क्षेत्री, सहसचिवमा सूदीप क्षेत्री, कोषाध्यक्षमा अनिता पन्त क्षेत्री, सहकोषाध्यक्षमा रीता कार्की क्षेत्री चयन भएका छन् ।

    यस्तै सदस्यहरुमा पार्वती क्षेत्री, सुमन के सी क्षेत्री, रमेश कार्की ज्ञान क्षेत्री, सुमन खड्का क्षेत्री, रीना के .सी, नारायण दानी क्षेत्री र दीपक कार्की रहेका छन् । शुरुवातमा गण्डकी प्रदेशबाट क्षेत्री कलाकारहरु एकजुट हुन थालेको र अब बाँकी रहेका ६ ओटा प्रदेशमा पनि यस्तै खालका समितिहरु निर्माण गर्ने तयारी थालिएको संयोजक राजन कार्कीले बताए ।

    समाजको गठन पश्चात वोल्दै अध्यक्ष कृष्ण अखेलीले अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कलाकारहरुको संरक्षण सँगै हकहितको पक्षमा सँधै अग्रसर हुने वताए । अखेलीले छाता संगठन निर्माण गरेर सबै कलाकारहरु एक ठाउँमा जुट्दा कुनै पनि कामलाई सफल पार्न सकिने र कलाकारहरुको संरक्षण तथा प्रवद्र्धनमा पनि सजिलो हुनेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं