SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    ८३८ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा ।
    पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैठौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैठौ दिनमा जारी रहदा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन । महोत्सवमा रमाइलो संगै शिक्षाको बारेमा जानकारी दिने उद्देश्यले निर्माण गरिएको कखरा नामक वृत्तचित्र हेर्नका लागी समेत महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकहरु आउने गरेका छन ।

    सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका कस्तो हुनुपर्छ, अभिभावकले लापरवाही र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्याको बारेमा डकुमेन्ट्रीमा समावेश गरिएकाले डकुमेन्ट्रीले अभिभावक, शिक्षक र विद्यार्थीको मन जित्न सफल भएको डकुमेन्ट्रीका निर्माता बिनोद लामाले वताए ।

    एक्स्ट्रा एङ्गल गर्बु फिल्म्स प्रा.लि. काठमाण्डौको ब्यानरमा निर्मित कखरा डकुमेन्ट्रीमा नेपाली रङ्गमन्च क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु राजेश हमाल, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, संचारकर्मी श्रीकृष्ण न्यौपाने लगायतका कलाकारहरु छनभने मुख्य कलाकारमा गिनिजबुकमा सवैभन्दा कलिलो उमेरको निर्देशक भनेर नाम लेखाउन सफल ८ वर्षिय बालक सौगात विष्टको समेत अभिनय रहेको छ ।
    महोत्सवमा छैठौ दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो ।

    महोत्सवमा आइतबार चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए न्यौपाने संगै महोत्सवमा जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनिता नेपाली, सविना गुरुङ, शान्ती डोटेल लगायतको प्रस्तुती मार्फत दर्शकले मनोरन्जन लिएका थिए । त्यसैगरी पछिल्लो समय सानो उमेरमा दोहोरी गायर भाइरल बनेकी ममता कुमाल र कृष्ण सुवेदीको दोहोरी मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी नेपाल पुनमगर समाजको सांस्कृतीक प्रस्तुतीले दर्शकको ध्यान केन्द्रित गरेको थियो ।

    त्यसैगरी सांझको पप कन्सर्र्टमा युवाहरुको ढुकढुकी आशिष राना लाहुरे संगै स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवमा आयोजित विद्यालय स्तरिय खुल्ला लोक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ । अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासिय विद्यालयलाई पछाडि पार्दै सूर्योदय फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार वेसलाइन एकेडेमी, लेखनाथ विभुती, सरस्वती सेकेण्डरी स्कुल र राइजिङ स्टार बीच प्रतिस्पर्धा गर्नेछन ।

    महोत्सवको सातौ दिन सोमबार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खांड, जीवन दाहाल, टेक क्षेत्री, कृष्ण अखेली, पार्वती जिसी, ज्योति लोहोनी, केशव देवकोटा, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहनेछ भने हास्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने छ । सांस्कृतिक कार्यक्रम अन्तर्गत तेर्सापट्टि तायामचा समितिको लाखेनाचको प्रस्तुती रहनेछभने सांझको पप कन्सर्टमा युवाहरुको ढुकढुकी सुगम पोख्रेल एण्ड बाजागाजा ब्याण्ड संगै स्थानिय द फेयर मेसिनको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं