
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा ।
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैठौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैठौ दिनमा जारी रहदा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन । महोत्सवमा रमाइलो संगै शिक्षाको बारेमा जानकारी दिने उद्देश्यले निर्माण गरिएको कखरा नामक वृत्तचित्र हेर्नका लागी समेत महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकहरु आउने गरेका छन ।
सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका कस्तो हुनुपर्छ, अभिभावकले लापरवाही र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्याको बारेमा डकुमेन्ट्रीमा समावेश गरिएकाले डकुमेन्ट्रीले अभिभावक, शिक्षक र विद्यार्थीको मन जित्न सफल भएको डकुमेन्ट्रीका निर्माता बिनोद लामाले वताए ।
एक्स्ट्रा एङ्गल गर्बु फिल्म्स प्रा.लि. काठमाण्डौको ब्यानरमा निर्मित कखरा डकुमेन्ट्रीमा नेपाली रङ्गमन्च क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु राजेश हमाल, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, संचारकर्मी श्रीकृष्ण न्यौपाने लगायतका कलाकारहरु छनभने मुख्य कलाकारमा गिनिजबुकमा सवैभन्दा कलिलो उमेरको निर्देशक भनेर नाम लेखाउन सफल ८ वर्षिय बालक सौगात विष्टको समेत अभिनय रहेको छ ।
महोत्सवमा छैठौ दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो ।
महोत्सवमा आइतबार चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए न्यौपाने संगै महोत्सवमा जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनिता नेपाली, सविना गुरुङ, शान्ती डोटेल लगायतको प्रस्तुती मार्फत दर्शकले मनोरन्जन लिएका थिए । त्यसैगरी पछिल्लो समय सानो उमेरमा दोहोरी गायर भाइरल बनेकी ममता कुमाल र कृष्ण सुवेदीको दोहोरी मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी नेपाल पुनमगर समाजको सांस्कृतीक प्रस्तुतीले दर्शकको ध्यान केन्द्रित गरेको थियो ।
त्यसैगरी सांझको पप कन्सर्र्टमा युवाहरुको ढुकढुकी आशिष राना लाहुरे संगै स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवमा आयोजित विद्यालय स्तरिय खुल्ला लोक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ । अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासिय विद्यालयलाई पछाडि पार्दै सूर्योदय फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार वेसलाइन एकेडेमी, लेखनाथ विभुती, सरस्वती सेकेण्डरी स्कुल र राइजिङ स्टार बीच प्रतिस्पर्धा गर्नेछन ।
महोत्सवको सातौ दिन सोमबार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खांड, जीवन दाहाल, टेक क्षेत्री, कृष्ण अखेली, पार्वती जिसी, ज्योति लोहोनी, केशव देवकोटा, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहनेछ भने हास्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने छ । सांस्कृतिक कार्यक्रम अन्तर्गत तेर्सापट्टि तायामचा समितिको लाखेनाचको प्रस्तुती रहनेछभने सांझको पप कन्सर्टमा युवाहरुको ढुकढुकी सुगम पोख्रेल एण्ड बाजागाजा ब्याण्ड संगै स्थानिय द फेयर मेसिनको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया