
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शशिकला तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । उनले मिस ट्यालेण्टको टाइटल पनि जितिन । जितसंगै उनले रु १ लाख नगद, ताज, ट्रफी, प्रमाणपत्र सहित म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरिन । प्रमुख निर्णायक नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाले तामाङ समुदायको विकासका लागि के योगदान दिनुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अन्य प्रतियोगीलाई पछि पारेकी हुन् ।
सलिना तामाङले फस्र्ट रनरअपसंगै बेस्ट वाकको टाइटल जितिन । उनले नगद ५० हजार रुपैयाँ, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन । यस्तै बेस्ट पर्फमरको टाइटल जितेकी रेनु तामाङ सेकेण्ड रनरअप बनिन् । उनले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र सहित हात पारिन । ब्युटी विथ प्रपोज सहित भ्यवर्स च्वाइस अवार्ड जितेकी प्रिती वाइवा तामाङ्गले नगद २० हजार पुरस्कार समेत प्राप्त गरिन ।
प्रतियोगितामा बेस्ट हेयर अनिशा तामाङ्ग, बेस्ट स्माइल विन्दु तामाङ्ग, मिस फोटोजेनिक किस्मत तामाङ्ग, बेस्ट स्किन सरस्वती तामाङ्ग, मिस कल्चर कोमल तामाङ्ग, मिस डिसिप्लिन सृजना ब्लोन तामाङ्ग, मिस ग्रेसफुल सुजाता तामाङ्ग, बेस्ट पर्सनालिटी सृजना घिसिङ्ग तामाङ्ग, मिस कन्फिडेण्ट आकृति तामाङ्ग, मिस पङ्गचुअल भुमिका तामाङ्ग, मिस पपुलर मनिषा तामाङ्ग, मिस अर्गनाइजर च्वाइस सुमिक्षा तामाङ्ग र मिस फ्रेण्डली स्वस्तिका तामाङ्ग बनिन् ।
मञ्जुश्री संवत २८५६ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको ल्होसार म्युजिक फेस्टिभल तथा पाँचौ संस्करणको मिस तामाङ पोखराको उद्घाटन गर्दै पुर्व कानुन मन्त्री शेरबहादुर ताामाङ्गले भाषा र भेष, संस्कार र संस्कृति रहे मात्रै पहिचान रहने बताए । उनले आजको युवा पुस्तालाई बढ्दो पाश्चात्य र आधुनिक साँस्कृतिक अतिक्रमण बाट जोगाउन आफ्नो मौलिक संस्कृति प्रति झुकाव बनाउन प्रेरित गर्नुपर्ने भनाइ राखे ।
ब्राह्मण समाज नेपालका अध्यक्ष डा. नारायण अधिकारीले हाम्रो सभ्यताको विकास हिमालय सेरोफेरोमै भएको जोड दिंदै बुद्धको जन्मभुमी भएको देश नेपालमा अन्य संवत भन्दा पनि बुद्धको संवतनै चलनचल्तीमा ल्याउन सके उपयुक्त हुने धारणा राखे । बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएका कार्यक्रममा समाजका उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग गण्डकीका निवर्तमान अध्यक्ष दीपक वाइवा तामाङ्ग, नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, सिजी व्रुअरीका रिजनल म्यानेजर सुवोध रिजाल लगायतले बोलको थिए ।
तामाङ्ग सांस्कृतिक नृत्य, गायनका साथै चर्चित कलाकार सोनाम तोप्डेन, हास्य कलाकार सन्दिप क्षेत्रीले प्रस्तुती राखेका थिए । कार्यक्रमका निर्णायकहरुमा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, वरिष्ठ सौन्दर्यविद चिनु गुरुङ्ग, गीतकार तीर्थ तामाङ्ग, मोडेल तथा कोरियोग्राफर विशाल गुरुङ्ग, सुर्विन वान्तवा राई रहेका थिए । कार्यक्रमको सञ्चालन संयोजक कविता योञ्जन, सुमन ढुंगाना, निमा लामा, डोल्मा लामाले गरेका थिए ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् । कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया