
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा ।
आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच प्रतिस्पर्धा रहने छ । जसमा माघ ५ गते आइतबार अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासिय विद्यालय र सूर्योदय बोर्डिङ स्कुलको प्रस्तुती रहनेछभने ६ गते सोमवार वेसलाइन एकेडेमी, लेखनाथ विभुति, सरस्वती सेकेण्डरी स्कुलु र राइजिङ स्टारको प्रस्तुती रहने छ ।
त्यसैगरी ७ गते मंगलवार कुमुदिनी होम्स, ज्ञान गंगा एकेडेमी, अमरसिंह मावि र युनिभर्स एकेडेमीको प्रस्तुती रहनेछभने ८ गते बुधवार कास्की मोडनाइज्ड एकेडेमी, कालिका मावि, बाल कल्याण र बहादुरे माविको प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार ट्रफी र प्रमाणपत्र, द्धितिय हुनेले २५ हजार, ट्रफी र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेले नगद १५ हजार ट्रफी र प्रमाणपत्र र शान्तवना स्थान हासिल गर्ने समुहले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।
महोत्सवको पांचौ दिन शनिवार दर्शकको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवको पांचौ दिन शनिवार ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । शनिवार पोखरा महोत्सवमा चर्चित लोकदोहोरी गायक मिलन लामाको लोकदोहोरी प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।
लामा संगै लोकदोहोरी गायक गायिकाहरु प्रजापति पराजुली, सुरेन्द्र गुरुङ, निश्चल थापा मगर, माधव चापागाइ, कृष्ण गुरुङ, तुलसा क्षेत्री, लक्ष्मी बानिया लगायतको लोकदोहोरी प्रस्तुती रहेको थियोभने लोकदोहोरी गायक प्रजापति पराजुली र ४० को दशक तिरका चर्चित लोकदोहोरी गायिका माया गुरुङको दोरोही प्रस्तुतीमा दर्शक रमाएका थिए । हास्यब्यङ्ग्य तर्फ पोखरेली धुर्मस र माग्नेबुढाको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । साझको पप कन्सर्टमा कबवेव र स्पर्ष ब्याण्डको लाइभ प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको छैठौ दिन आइतबार पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनिता नेपाली, सविना गुरुङ, शान्ती डोटेल लगायतको प्रस्तुती रहने छ । त्यसैगरी सांझको पप कन्सर्र्टमा युवाहरुको ढुकढुकी आशिष राना लाहुरे संगै स्थानिय ब्ल्याक रोजको प्रस्तुती रहने छ ।
महोत्सवमा माघ ६ देखी ८ सम्म कास्की जिल्ला बुद्धिचाल संघको प्राविधीक सहयोगमा युनाईटेड क्लव खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । युनाईटड क्लवको आयोजनामा हुने उक्त प्रतियोगिता अमरसिंह माविको पुस्तकालय भवनमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।
प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन । यसैविच महोत्सवमा शनिवारदेखी शिक्षक, विद्यार्थी र अभिभावकले संगै बसेर हेर्नुपर्ने शिक्षामुलक वृत्तचित्र समेत प्रदर्शन गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया