SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    १५९७१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिनुभयो । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतलाई अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा अघि बढाइएको जानकारी दिँदै परिसरमा नआए पक्राउ गरेर ल्याइने बताउनुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको श्रव्यदृष्य सामग्री (भिडियो) बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सिसी टिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

    सिसी टिभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले राउतले नै अभद्र व्यवहार गरेको दाबी गर्नुभयो । बुधबार अपराह्नको त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट राउत भद्रपुर जाने क्रममा शरीर जाँचका बेला उक्त घटना भएको थियो । यता राउत अहिले कार्यक्रमका लागि भारतको सिक्कीम पुगेकी छिन् । केही सञ्चारमाध्यमहरुमा उनी फरार भएको खबर फैलिएपछि उनले आफु छिट्टै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने बताएकी छिन् । यो भन्दा पहिले पनि उनले पटकपटक आफुले बालेका कतिपय शब्द अपाच्य भएको भन्दै सार्वजनिक रुपमा माफि माग्दै आएकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं