
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
एउटा २ वर्ष अर्को ६ महिनाको बालबच्चा, श्रीमान श्रीमती दुवै मिलनसार । त्यसैमाथि अनलाईन बिजनेस । यति भएपछि कस्को घर सुन्दर हुँदैन होला ? यस्तै सुन्दर घर परिवार थियो काठमाडौं चन्द्रा गिरी नगरपालिका थानकोट बस्दै आएका विनय लामिछानेको । विनयको जन्मघर भने मकवानपुरको चित्लाङ हो ।यस्तैमा माघेसंक्रान्तिको दिन उनीहरू परिवारसहित माघेसंक्रान्ति मनाउन ससुराली, माइत र ममाघर जान भनि निस्किए । विनयको ससुराली आदमघाट थियो । तर उनीहरू ससुराली नगई अन्यत्रै गए ।
उनीहरू गोरखाको घ्यालचोक पुगे । माघेसंक्रान्तिको दिन पनि उनीहरू ससुराली पुगेनन् । माघ २ गते अर्थात बिहीबार जब विनय, उनकी धर्मपत्नी जमुना र उनका २ नावालक बालबच्चासहित काठमाडौं फकिंदै थिए ।फर्कंदै गर्दा राति हुन लागिसकेको थियो । साँझ ६ः३० बजेको थियो, उनीहरू पुलमा आउँदै गर्दा । घ्यालचोकबाट फर्कने पक्की सडक हुँदाहुँदै उनीहरू वेनीघाट, बाँदरेको झोलुंगे पुलबाट आउन खोजेका थिए । जब उनीहरू पुलमा आइपुगे अनि उनीहरूको सुन्दर घर परिवार सबै छिनभरमै भताभुंग भयो, कहालिलाग्दो घटना भयो ।
दुवै अबोध नाबालकसहित विनय र जमुना दुवै त्रिशुलीमा हामफाले । पुल अग्लो छ, हिंडडुल गर्न पनि डर लाग्छ तर विनय र जमुनालाई डर लागेन । उनीहरू हामफालि छाडे । उनीहरू हामफालेको स्थानीयले देखेका थिए । तत्कालै स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे ।
खबर पाएलगत्तै प्रहरी पनि कुनै ढिला नगरी स्थानीय र्याफ्टिङ समूहसहित घटनास्थल त्रिशुली नदीमा पुगे र नदीमा पसेर विनयको परिवारलाई खोजी गर्न थाले ।विनयलाई जीवितै र जमुनालाई मृत अवस्थामा उद्धार भयो । तर ती अवोध २ नाबालकको अझै अत्तोपत्तो छैन । उनीहरूको शुक्रबार बिहानैदेखि खोजी भइरहेको छ । त्रिशुलीको पानी धमिलो भएका कारण खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । ती २ नावालकको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीके दावी छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जीवितै उद्धार गरिएका अन्दाजी ३८ बर्षीय बिनय हाल प्रहरी नियन्त्रणमा छन् । उनीहरू त्रिशुलीमै हामफाल्नुपर्ने कारण खुल्न नसकेको घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताएका छन् ।
यता, जमुनाले फेसबुकमा लेलेको स्टाटस अनुसार उनीहरूले मिटर ब्याजमा रकम लिएका थिए । सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दवाव दिएको र उक्त रकम तिर्न नसक्ने भएपछि सामूहिक आत्महत्याको प्रयास गरेको बुझ्न सकिन्छ ।उनीहरूले सञ्चालन गरेको कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । स्रोतका अनुसार जमुनाले चलाएको इम्जिर अनुमग नामक फेसबुकमामार्फत मिटर ब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारवाही गर्नुपर्ने माग गरेकी थिइन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया