SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/३ गते
    १०६० &#२३४६;&#२३३५;&#२३२५;

    एउटा २ वर्ष अर्को ६ महिनाको बालबच्चा, श्रीमान श्रीमती दुवै मिलनसार । त्यसैमाथि अनलाईन बिजनेस । यति भएपछि कस्को घर सुन्दर हुँदैन होला ? यस्तै सुन्दर घर परिवार थियो काठमाडौं चन्द्रा गिरी नगरपालिका थानकोट बस्दै आएका विनय लामिछानेको । विनयको जन्मघर भने मकवानपुरको चित्लाङ हो ।यस्तैमा माघेसंक्रान्तिको दिन उनीहरू परिवारसहित माघेसंक्रान्ति मनाउन ससुराली, माइत र ममाघर जान भनि निस्किए । विनयको ससुराली आदमघाट थियो । तर उनीहरू ससुराली नगई अन्यत्रै गए ।

    उनीहरू गोरखाको घ्यालचोक पुगे । माघेसंक्रान्तिको दिन पनि उनीहरू ससुराली पुगेनन् । माघ २ गते अर्थात बिहीबार जब विनय, उनकी धर्मपत्नी जमुना र उनका २ नावालक बालबच्चासहित काठमाडौं फकिंदै थिए ।फर्कंदै गर्दा राति हुन लागिसकेको थियो । साँझ ६ः३० बजेको थियो, उनीहरू पुलमा आउँदै गर्दा । घ्यालचोकबाट फर्कने पक्की सडक हुँदाहुँदै उनीहरू वेनीघाट, बाँदरेको झोलुंगे पुलबाट आउन खोजेका थिए । जब उनीहरू पुलमा आइपुगे अनि उनीहरूको सुन्दर घर परिवार सबै छिनभरमै भताभुंग भयो, कहालिलाग्दो घटना भयो ।

    दुवै अबोध नाबालकसहित विनय र जमुना दुवै त्रिशुलीमा हामफाले । पुल अग्लो छ, हिंडडुल गर्न पनि डर लाग्छ तर विनय र जमुनालाई डर लागेन । उनीहरू हामफालि छाडे । उनीहरू हामफालेको स्थानीयले देखेका थिए । तत्कालै स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे ।

    खबर पाएलगत्तै प्रहरी पनि कुनै ढिला नगरी स्थानीय र्याफ्टिङ समूहसहित घटनास्थल त्रिशुली नदीमा पुगे र नदीमा पसेर विनयको परिवारलाई खोजी गर्न थाले ।विनयलाई जीवितै र जमुनालाई मृत अवस्थामा उद्धार भयो । तर ती अवोध २ नाबालकको अझै अत्तोपत्तो छैन । उनीहरूको शुक्रबार बिहानैदेखि खोजी भइरहेको छ । त्रिशुलीको पानी धमिलो भएका कारण खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । ती २ नावालकको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीके दावी छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जीवितै उद्धार गरिएका अन्दाजी ३८ बर्षीय बिनय हाल प्रहरी नियन्त्रणमा छन् । उनीहरू त्रिशुलीमै हामफाल्नुपर्ने कारण खुल्न नसकेको घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताएका छन् ।

    यता, जमुनाले फेसबुकमा लेलेको स्टाटस अनुसार उनीहरूले मिटर ब्याजमा रकम लिएका थिए । सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दवाव दिएको र उक्त रकम तिर्न नसक्ने भएपछि सामूहिक आत्महत्याको प्रयास गरेको बुझ्न सकिन्छ ।उनीहरूले सञ्चालन गरेको कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । स्रोतका अनुसार जमुनाले चलाएको इम्जिर अनुमग नामक फेसबुकमामार्फत मिटर ब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारवाही गर्नुपर्ने माग गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं