SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ४६५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आज बिहानै देखि पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छिन् । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका राउत फेरि विवादमा तानिएकी हुन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन् । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन् । आस्थाको फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको छ । अन्य पेजबाट पनि शेयर भइरहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले विमानस्थलमा आफू माथि दुर्व्यवहार गरिएको भन्नुभएको छ। त्यसको छानबिन गर्छौं। साथै उहाँले भिडियोमा प्रयोग गर्नुभएको भाषा निक अशिष्ट छ। त्यसप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।’

    यता राउतले भने रिसको झोकमा आवेगमा आएर बोलिएका केही शब्दहरुका लागि क्षमा मागेकी छिन् । फ्लाइट छुट्न लागेको जानकारी गराउँदै आफुले छिटो चेक गरिदिन अनुरोध गरेपछि एक महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनेको उनले आरोप लगाएकी छिन् । आफुले दुवै हात माथि उठाएर फेरि आग्रह गरेपछि ति महिला प्रहरीले ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनेको उनले जानकारी दिएकी छिन् ।

    महिला प्रहरीले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको पनि उनले स्पष्ट पारेकी छिन् । भद्रपुर विमानस्थलबाट निस्किएपछि उनी माघे संक्रान्तिको शुभकामना दिने अनि आफुमाथि भएको दुव्यवर्हारबारे जानकारी दिन लाइभी आएकी थिइन् । तर बोल्दै जाँदा अलि धेरै बोलेको अहिले उनलाई महसुस भईरहेको छ । आफ्नो परिवारमा पनि प्रहरी र सेनामा कार्यरत सदस्यहरु भएको भन्दै आफुले संगठनको सम्मान गर्ने उनले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं