
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा । ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन । ब्यवशाय मात्र नभइ सामाजिक काममा समेत योगदान संगै ग्रामीण भेगका किसान तथा ग्रामीण संस्कृती जोगाउने युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यले खतिवडाले जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्सेमा रहेको चमेरे गुफा संरक्षण समाजलाई एक लाख एक हजार नगद सहयोग गरेका हुन ।
गुफा संरक्षण समाज संगै खतिवडाले फ्याक्से गाउमा रहेको पञ्चकन्या मा. वि. लाई एक थान कम्प्युटर र दुई थान ल्यापटप, पाल्पाली पञ्चेबाजा समुहलाई १० हजार, राष्ट्रिय पञ्चेबाजा समुहलाई १० हजार, गोरुजुधाई महोत्सवमा सहभागीता जनाएका ६ हल गोरुलाई २४ हजार र बालकलाकार दीक्षा ठकुरीलाई २ हजार नगद सहयोग गरेका हुन । खतिवडाले विगतका वर्षहरुमा धादिङको विभिन्न भेगमा समाजिक काममा वर्षेनी लाखौ रकम सहयोग गर्दै आइरहेका छन ।
सो अवसरमा वोल्दै समाजसेवी युवराज खतिवडाले आफुले जन्मेको हुर्केको ठाउलाई सवैले सहयोग गरेर बिकास गर्नतर्फ लाग्नुपर्ने वताउदै आफु जन्मेको साबिकको खाल्टे गाविस र हालको निलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेको बिकासका लागी ब्यवशाय गर्ने विदेशमा रहेकाहरुले सहयोग गर्नुपर्ने वताए । आफुले किसानहरुलाई प्रोत्साहन गर्ने गोरुजुधाई महोत्सवलाई विगतका वर्षहरुमा पनि सहयोग गर्दै आएको र यो पटक पनि सहयोग गरेको र यसले किसानहरुलाई प्रोत्साहन पुग्ने वताए ।
स्थानिय पञ्चेवाजाहरु हराउदै गइरहदा त्यसलाई संरक्षण गर्न पनि आफुले सहयोगलाई निरन्तरता दिने र ग्रामीण भेगमा रहेको विद्यालयहरुमा प्राविधिक शिक्षा प्रदान गराउनका लागी सहज होस भन्ने अभिप्रायले कम्प्युटर प्रदान गरेको समेत वताए । सो अवसरमा गैर आवासिय नेपाली समाजका सह कोषाध्यक्ष धादिङ जन्मघर भइ हाल बेल्जियममा कार्यरत लोक प्रसाद दहालले समेत नगद १ लाख चमेरे गुफा संरक्षण समाजलाई प्रदान गर्दै धादिङको बिकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
चमेरे गुफा संरक्षण समाजका अध्यक्ष प्रीतम श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद दिदै आफ्नो समाज दाताहरुको सहयोगकै भरमा छैठौ संस्करणको गोरुजुधाई महोत्सव तथा सांस्कृतीक कार्यक्रम सम्म आइपुगेको वताए । चमेरे गुफा संरक्षण समाजले नीलकण्ठ ५ फ्याक्सेमा पर्यटन भित्रयाउनका लागी गोरु जुधाइ प्रतियोगिता संगै साविकको खाल्टे नीलकण्ठ १ र ५ मा रहेको चमेरे गुफा, हिरामोती गुफा, पातले होम स्टे र गुम्वा, घुमाउने डांडा र वर्षा याममा देखीने वेतिनी छांगो र पातले छांगोको प्रचार प्रसारमा समेत जोड दिदै आएको श्रेष्ठले वताए ।
बाइसे चौबिसे राज्यको वेला बझांगे राजा जय पृथ्वी बहादुर सिंह तत्कालिन पञ्चायतको बेला नुवाकोट (मामाघर) पञ्चायतपछि टुक्रियर धादिङ बनेको र त्यसवेला यहा आएको वेला भान्जालाई खुसी बनाउन मामाहरुले गोरु जुधाएर देखएको र त्यसवेला देखी नुवाकोट र धादिङका विभिन्न ठाउमा गोरुजुधाई प्रतियोगिता हुदै आएको र इतिहासलाई जीवन्त राखी पछिल्लो समय ट्रयाक्टर भित्रिएपछि गोरुपाल्ने चलन हराएकाले गोरुपालनलाई समेत सहयोग पुगोस भन्ने अभिप्रायले विगत ६ वर्षदेखी गोरुजुधाउने प्रतियोगितालाई चमेरे गुफा समाजले महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया