SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ११०२ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल हेमजा, । माछापुच्छे« गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार(आज)देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयले सबै स्थानीय तहमा एक खेलमैदान बनाउने तयारी गरेको स्पष्ट पार्दै सोही अनुसार लाहाचोक खेलमैदानको स्तरउन्नती गरिने बताए ।उनले स्तरउन्नतीका लागि यहि माघ महिना भित्रै रु.५० लाख विनियोजन गर्ने बचनबद्घता पनि जनाए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मन्त्री विश्वकर्माले माछापुच्छे« गाउँपालिकालाई प्रचुर पर्यटकीय क्षेत्रको संज्ञा पनि दिए।उनले इतिहासमै पहिलोपटक कास्की क्षेत्र नं. ३ मा यसपटक घेरै योजना तथा बजेट परेको दावी पनि गरे ।विभिन्न खेल मध्ये सम्भावना बोकेको खेल प्याराग्लाइडिङ पनि भएको उनको भनाई छ। प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा खेल व्यवसायको रुपमा विकास हुँदै जानु पछिल्लो समयको सकारात्मक पक्ष भएको औँल्याइन् ।गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले खेललाई राष्ट्रिय स्तरमा मात्रै ध्यान नदिई स्थानीय स्तरमा पनि ध्यान दिनुपर्ने जनाए ।

    प्रतियोगिताको मुख्य प्रायोजक भिजन लुम्बिनी प्रालिका अध्यक्ष जगतबहादुर पोखरेलले प्रालि युवालाई लगानीमा जोडी आर्थिक समृद्घिको बाटोमा लम्केको भनाई राखे।अखिल नेपाल फुटवल संघका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले मैदानको स्तरउन्नतीमा जोड दिर्दै भिडावारीमा एन्फा एकेडेमीको चाँडै शिलान्यास हुने विश्वास जनाए ।वडाध्यक्ष पूर्णबहादुर शाहीले लाहाचोकलाई कुनै न कुनै रुपमा पर्यटनसँग जोड्नुपर्ने भनाई राखे ।

    प्रतियोगिता अन्र्तगत आयोजक समूह र बाग्लुङ जिल्ला फुटवल संघ बीच भएको उद्घाटन खेल टाइबे्रकरमा ४–३ गोलअन्तरले आयोजक समूहले जितेको छ ।खेल अवधिभर १–१ को वरावरी भएपछि खेल टाइबेकरमा घकेलीएको थियो।आयोजक समूहको तर्फबाट विवेक सन्तोषी र म्यान अफ दी म्याच बन्न सफल संघका निशान थापाले निर्धारित समयमा १÷१ गोल गरेका थिए ।

    कार्यक्रमको अवसरमा लाहाचोकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थानीय अर्मला देउरालीबाट दुई प्याराग्लाइडिङ उडान भरी खेलमैदानमा अवतरण गराइएको थियो ।जसको नेतृत्व प्याराग्लाइडिङ पाइलट राम गौतमले गरेको थिए ।पाइलट विजय गौतम र अमन थापाले उडान भरेका थिए ।पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ।कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

    बिहीवार(भोली) पहिलो खेल विष्णुपादुका क्लव हेमजा र बौद्घ हिमालय क्लव गोरखा बीच विहान १० बजेदेखि हुने आयोजकले जनाएको छ । क्लव अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर शाहीले स्वागत साथै क्लव अनुशासन तथा व्यवस्थापन समितिका संयोजक पानबहादुर जिसीले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं