
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल हेमजा, । माछापुच्छे« गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार(आज)देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयले सबै स्थानीय तहमा एक खेलमैदान बनाउने तयारी गरेको स्पष्ट पार्दै सोही अनुसार लाहाचोक खेलमैदानको स्तरउन्नती गरिने बताए ।उनले स्तरउन्नतीका लागि यहि माघ महिना भित्रै रु.५० लाख विनियोजन गर्ने बचनबद्घता पनि जनाए ।
मन्त्री विश्वकर्माले माछापुच्छे« गाउँपालिकालाई प्रचुर पर्यटकीय क्षेत्रको संज्ञा पनि दिए।उनले इतिहासमै पहिलोपटक कास्की क्षेत्र नं. ३ मा यसपटक घेरै योजना तथा बजेट परेको दावी पनि गरे ।विभिन्न खेल मध्ये सम्भावना बोकेको खेल प्याराग्लाइडिङ पनि भएको उनको भनाई छ। प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा खेल व्यवसायको रुपमा विकास हुँदै जानु पछिल्लो समयको सकारात्मक पक्ष भएको औँल्याइन् ।गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले खेललाई राष्ट्रिय स्तरमा मात्रै ध्यान नदिई स्थानीय स्तरमा पनि ध्यान दिनुपर्ने जनाए ।
प्रतियोगिताको मुख्य प्रायोजक भिजन लुम्बिनी प्रालिका अध्यक्ष जगतबहादुर पोखरेलले प्रालि युवालाई लगानीमा जोडी आर्थिक समृद्घिको बाटोमा लम्केको भनाई राखे।अखिल नेपाल फुटवल संघका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले मैदानको स्तरउन्नतीमा जोड दिर्दै भिडावारीमा एन्फा एकेडेमीको चाँडै शिलान्यास हुने विश्वास जनाए ।वडाध्यक्ष पूर्णबहादुर शाहीले लाहाचोकलाई कुनै न कुनै रुपमा पर्यटनसँग जोड्नुपर्ने भनाई राखे ।
प्रतियोगिता अन्र्तगत आयोजक समूह र बाग्लुङ जिल्ला फुटवल संघ बीच भएको उद्घाटन खेल टाइबे्रकरमा ४–३ गोलअन्तरले आयोजक समूहले जितेको छ ।खेल अवधिभर १–१ को वरावरी भएपछि खेल टाइबेकरमा घकेलीएको थियो।आयोजक समूहको तर्फबाट विवेक सन्तोषी र म्यान अफ दी म्याच बन्न सफल संघका निशान थापाले निर्धारित समयमा १÷१ गोल गरेका थिए ।
कार्यक्रमको अवसरमा लाहाचोकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थानीय अर्मला देउरालीबाट दुई प्याराग्लाइडिङ उडान भरी खेलमैदानमा अवतरण गराइएको थियो ।जसको नेतृत्व प्याराग्लाइडिङ पाइलट राम गौतमले गरेको थिए ।पाइलट विजय गौतम र अमन थापाले उडान भरेका थिए ।पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ।कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
बिहीवार(भोली) पहिलो खेल विष्णुपादुका क्लव हेमजा र बौद्घ हिमालय क्लव गोरखा बीच विहान १० बजेदेखि हुने आयोजकले जनाएको छ । क्लव अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर शाहीले स्वागत साथै क्लव अनुशासन तथा व्यवस्थापन समितिका संयोजक पानबहादुर जिसीले संचालन गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया