SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    २२२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । जब कुनै पुरुष वा स्त्रीको विवाहको प्रसङ्ग उल्लेख हुन्छ वा विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा वा व्यक्तित्वको टकराव उत्पन्न हुन्छ, त्यसवेला ज्योतिषीकहाँ पुग्दा कुण्डलीमा माङ्गलिक योग छ भन्ने सुन्न पाइन्छ । कतिपय ज्योतिषीले भएको माङ्गलिक योगको उचित व्याख्या र परामर्श दिने गर्दछन् भने कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै थोरै भए पनि कमाउन पाइहालिन्छ कि भनी नभएको माङ्गलिक योगको त्रास सिर्जना गरेर ठगी गरेको पनि सुन्न र देख्न पाइन्छ ।

    ज्योतिष तथा बास्तु विशेषज्ञ राजेन्द्र कुमार घिमिरे भन्नुहुन्छ । मङ्गल शब्दको अर्थ शुभ वा कुशल भन्ने हुन्छ । यस शब्दले ग्रहहरूमध्ये मङ्गल ग्रहको नाम र सातवटा बारमध्ये तेस्रो क्रममा आउने मङ्गलबारलाई पनि सङ्केत गर्दछ । उक्त शब्दमा इक प्रत्यय गाँसेर माङ्गलिक शब्दको निर्माण हुन्छ । विशेषण पदवर्गको माङ्गलिक शब्दको अर्थ पनि श्रेष्ठ र शुभ भन्ने नै हुन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसैले पनि माङ्गलिक योगको अर्थ श्रेष्ठ वा शुभ योग भन्ने हो । तर यहाँ श्रेष्ठ वा शुभ योगको अर्थमा माङ्गलिक शब्दको प्रयोग नभई मङ्गल ग्रहसम्बद्ध योग भन्ने अर्थमा यो शब्द प्रचलित छ । कसैको कुण्डलीमा माङ्गलिक योग छ वा छैन भन्ने जानकारी दिने ज्योतिषीय सूत्र यसप्रकार छ स्(

    लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥ यस श्लोकको भावार्थ हो – जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै माङ्गलिक योग हो ।

    माङ्गलिक योगका कारण पति र पत्नीको सम्बन्ध नाश हुन्छ । कोशीय आधारमा माङ्गलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा माङ्गलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन, अनि यो अशुभ कारक योग पनि होइन । बुझ्नुपर्ने कुरा के हो भने माङ्गलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छ, यसको अर्थ ऊ हाईएटिच्युडको हाईभोल्टेज पर्सनलिटि हो । यस्तो स्वभाव भएको व्यक्तिलाई गैरमाङ्गलिक अर्थात् कातर, चिप्ला कुरा गर्ने, डरछेरुवा, चाकरीबाज व्यक्तिले थेग्न र व्यवहार गर्न सक्दैनन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं