
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१०महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ । यो फिल्म दर्शकलाई निकै मन परेको छ । साथै, फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय मिडियाले बताएका छन् । फिल्मले घरेलू बजारसँगै अमेरिकालगायतका देशमा पनि ठूलो कमाई गरेको छ ।
यो पारिवारिक फिल्मले संयुक्त राज्य अमेरिकामा ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ । त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लूसँगै तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ ।
बलिउड लाइफ डटकममा हालै कुराकानी गर्दै अभिनेता अल्लू अर्जुनले बलिउडमा काम गर्ने विषयमा भनेका छन्, ‘मलाई हिन्दी फिल्ममा काम गर्न मन छ । मलाई बलिउड फिल्म निकै मन पर्छ । मलाई लाग्छ कि कोही पनि दक्षिण भारतीय अभिनेतालाई बलिउडमा काम गर्ने इच्छा छ । किनकि, बलिउड निकै ठूलो उद्योग हो । यहाँ जो पनि आफ्नो करिअर बनाउन सक्छ ।’
‘आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बू यो फिल्मबाट वर्षौपछि टलिउडमा फर्किएकी हुन् । उनले फिल्ममा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् । १० वर्षपछि उनले तेलुगू फिल्म गरेकी हुन् । यो फिल्मले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ ।

प्रतिक्रिया