
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । सामुदायिक रेडियो दिदि बहिनी ९५.२ मेघार्हजले आफ्नो दशौ बाषिर्क उत्सव तथा बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव तथा गर्न लागेको छ। भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो ।कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो म्याग्दी र पर्वतमा पत्रकार सम्मेलन गर्दै संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाईले जानाकारी दिनु भएको छ।महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली र भजन प्रतियोगिता हुने भएको छ ।
झाकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताउनुभयो ।११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरको भेला गरिने उहाले बताउनुभयो । रमाइलो र मनोरञ्जनका लागि मात्र नभएर महिलाहरुको क्षमता अभिवृद्धी तथा समानताको आवाज बुलन्द पार्न, कला र संस्कृतिको संरक्षण तथा घरेलु बस्तुको ब्यापार प्रर्वद्धनमा सहयोग पुग्ने आयोजकले बताएका छन् ।
मुख्य आकर्षणको रुपमा रहेको महिला भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । पालिका स्तरीय पुरुष भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई एक लाख, पचास हजार र पच्चिस हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् ।डान्स आइडलमा प्रथम, दितृय र तितृय हुनेलाई पचास हजार, तीस हजार र बीस हजार तथा विद्यालय स्तरीय नृत्य, रत्यौली र झाकी प्रर्दशनीमा प्रथम, दितृय र तितृय हुनेलाई पच्चिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
भजन प्रतियोगितामा प्रथम, दितृय र तितृयलाई पन्ध्र्र हजार, दश हजार र पाँच हजार रुपैया पुरस्कार व्यवस्था गरिएको छ । खसी, बोका, बाख्रा तथा कृषि उपजको प्रर्दशनीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था, निशूल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएका छन् ।महोत्सवलाई लक्षित गरेर पर्वत बेनीको जुगेधारामा खेलमैदान निर्माण गरिएको छ । वि.स. २०७१ मा स्थानीयले बगर सम्माएर बनाएको खेलमैदान मालढुङ्गा–बेनी सडक विस्तारका क्रममा फालीएको माटोले पुरिएको थियो ।
खेलमैदानमा थुप्रिएको ढुङ्गा बिक्रीका साथै सडक स्तरोन्नति आयोजनाका निर्माण व्यवसायीसंग समन्वय गरेर हालसम्म करिब पन्ध्र लाख रुपैया खर्चेर खेलमैदान पुननिर्माण भएको पर्वत बगर बेनी बजार सुधार समितिका अध्यक्ष शिवबहादुर कार्कीले बताउनुभयो ।साठी लाख रुपैयाँ लागत अनुमान गरिएको खेलमैदानको प्रारम्भिक चरणको काम गरिएको छ ।१३० मिटर लम्बाई र ४० मिटर चौडाई भएको खेलमैदान बनाएको समितिका सचिव नगेन्द्र थापाले बताउनुभयो ।खेलमैदानको बिचमा भएको विद्युत पोल सार्ने, स्टेज, सार्वजनिक शौचालय, घेराबार, तटबन्ध, प्याराफिट लगायत संरचना बनाउन जलजला गाउपालिका प्रदेश र संघीय सरकारसंग प्रस्ताव गरिएको छ । खेलमैदान निर्माण भएपछि खेलाडीहरु उत्साही भएका पर्वत बेनीको नवउत्साही समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
म्याग्दी बेनी र न्यु होराइजन माविको खेलमैदानमा पुग्नुपर्ने बाध्यता हट्ने र खेलअभ्यास तथा प्रतियोगिता गर्न सजिलो हुने समूहका सचिव राजकुमार परियारले बताउनुभयो ।उद्योग वाणिज्य संघ मल्लाज इकाई समितिका अध्यक्ष डिलबहादुर बरुवाल, पूर्व अध्यक्ष नरबहादुर कार्की, वारीबेनी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष लोकनाथ रेग्मीले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।पर्वत बेनीको प्रर्वद्धन गर्न र सम्भावनाको उजागर गर्न महोत्सव सहयोगी बन्ने स्थानीयको अपेक्षा छ । यसअघि रेडियोले कुश्मामा महोत्सव गर्दै आएको थियो ।सदरमुकाम बाहीर पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको रेडियोले जनाएको छ । पर्वत बेनी मा महोत्सव हुने भएपछि स्थानियमा खुसि भएकाछन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया