SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    १६१५ &#२३४६;&#२३३५;&#२३२५;

    प्रभा श्रेष्ठ, मेलबर्न: मेलबर्न नेपालीहरुद्वारा संचालित बिद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा Public Speaking and Confidence Build Up तालिम सम्पन्न भएको छ । ग्लेंरोय कम्युनिटी सेन्टरमा सम्पन्न उक्त तालिममा आठदेखि बाह्र बर्षसम्मका पैतिस जना बिधार्थी भाइबहिनीहरुले भाग लिएका थिए ।

    नेपाली भाषा, संस्कृति, भेषभुषा, कलाको उत्थान र जगेर्ना गर्ने उदेश्यले संचालित उक्त बिद्यालयले बिगत पाँच बर्षदेखि अस्ट्रेलियामा हुर्कदै गरेका नेपाली मूलका केटाकेटीहरुका लागि नेपाली कक्षा संचालन गर्दै आएको छ साथै नेपाली डान्स, चित्रकला लगायत बिभिन्न तालिमहरु पनि संचालन गर्दै केटाकेटीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउदै आएको छ ।

    सुशील चालिसेद्वारा प्रशिक्षण दिइएको उक्त तालिममा मेलबोर्नमा संचालित नेपाली बिद्यालयहरु बाल चौतारी वेस्ट, बाल चौतारी प्रेसटन, बाल बाटिका एप्पिंग वलर्ट नेपलिज कम्युनिटी, बाल संसार ग्लेनरोयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी बिद्यार्थीहरुले रमाइलो गर्नुका साथै ज्ञानगुनका धेरै कुराहरु सिकेको बताए । तालिमबाट सहभागी बिद्यार्थीहरुले कार्यक्रम संचालन गर्न चाहिने कला र सिप सिक्दै आत्मविश्वास पनि बढाउन मद्धत पुगेको बाटए ।

    कार्यक्रममा तालिमका साथै विभिन्न बिद्यालयका प्रतिनिधिहरुको वर्कशप सन्चालन भएको थियो । उक्त वर्कशपमा नेपाली भाषाका शिक्षकहरुको ब्यबस्थापन, संयोजन, नेपाली भाषा स्कूलको स्थापना, अनुभव र आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल चलेको थियो ।

    बाल सन्सार ग्लेनरोयका अध्यक्ष समिर रघुबन्शीले यो तालिम विद्यार्थीहरुका लागी निक्कै नै फलदायी भएको बताए । Public Speaking and Confidence Build Up तालिमका संयोजक तथा बाल सन्सार ग्लेनरोयका उपाध्यक्ष रिता पन्तले यस्ता खालका कार्यक्रमको आयोजना गराउन पाउँदा बाल संसार ग्लेंरोय परिवार अझै बढी हौसिएको बताउनु हुदै उक्त तालिम प्रत्येक बर्ष संचालन गर्ने योजना रहेको पनि बताउनु भयो ।

    तालिममा सहभागी बिद्यार्थी भाइबहिनीहरुलाई खाजाको पनि ब्यबस्था रहेको थियो । संयोजक रिता पन्तले तालिममा सहभागी बिभिन्न बिद्यालयहरु, बिद्यार्थीहरु, अभिभाबकहरु, तालिमका प्रशिक्षक सुशील चालिसे, कार्यसमितिका सदस्यहरु लगायत स्वयं सेवकहरुलाई तालिम सफल बनाउन सहयोग पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

    लुम्बिनीकपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत “आजका वालवालिका भोलीका कर्णधार हुन । बिशेष गरी बिदेशमा नयाँँ पूस्ताका बीच हाम्रो भाषा, संस्कृति जस्ता कुरा हराउँदै जाने चिन्ताका कारण यस्ता कुराहरुलाई उनीहरुका बीच कसरी निरन्तरता दिने भन्ने बिषयमा केन्द्रित हरेक कार्यक्रमले बिशेष महत्व राख्दछ र मेलबर्नको ग्लेनरोयमा Public Speaking and Confidence Build Up तालिम आयोजना गर्ने र यस्लाई सफल तुल्याउने प्रत्येक ब्यक्ति र सांस्थाहरु बिशेष गरी आयोजक बाल सन्सार ग्लेनरोय, सहभागी, सहभागीका अभिभावक र प्रशिक्षक सुशिल चालिसे बधाई र धन्यवादका पात्र हुनुहुन्छ र सहभागी बालबालिकाहरुको उज्वल भबिस्यको कामना गर्दछु ।” भनी बधाई तथा शुभकामना ब्यक्त गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं