
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले आफुमा अन्र्तनिहित प्रतिभा देखाएका छन् । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ्ग पोखरा २०२० का प्रतिस्पर्धी बिच शनिबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । मञ्जुश्री संवत २८५६ औं सोनाम ल्होसारको अवसरमा समाजले ७ औं ल्होसार महोत्सब तथा चौंथो मिस तामाङ्ग पोखरा आयोजना गर्दैछ ।
शनिबार सम्पन्न ट्यालेण्ट राउण्डमा प्रतियोगिहरुले कविता, गायन, नृत्य तथा भाषणकला मार्फत आफ्नो प्रस्तुती राखेका थिए । प्रतियोगिहरु मध्य आकृति भोलान लामा, सृजना घिसिङ्ग तामाङ्ग, सुजाता गोले तामाङ्ग र सृजना ब्लोन तामाङ्गले कविता वाचन गरेका थिए । यस्तै, किस्मत स्याङ्गवो तामाङ्ग, कोमल तामाङ्ग, सलिना तामाङ्ग, विन्दु वाइवा तामाङ्ग, मनिषा गोम्जा तामाङ्ग, सुमिक्षा तामाङ्ग, प्रिती वाइवा तामाङ्ग, अनिशा तामाङ्ग, सरस्वती थोकर तामाङ्ग र स्वस्तिका तामाङ्गले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शसिकला तामाङ्ग र भुमिका तामाङ्गले भाषणकला तथा रेनु स्याङ्गतान तामाङ्गले गीत गाएका थिए ।
ट्यालेण्ट राउण्डमा निर्णायकहरु नेपाल तामाङ्ग महिला घेदुङ्ग कास्कीका कार्यबाहक अध्यक्ष पवित्रा तामाङ्ग, पोखरा कला केन्द्रका प्रबन्ध निर्देशक राखीमाया तामाङ्ग र नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सन्जय मल्ल रहेका थिए । कार्यक्रममा बोल्दै बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले तालिम अवधीमा तामाङ्ग समुदायको भाषा, धर्म र संस्कारका साथै व्यक्तित्व र नेतृत्व सम्बन्धि जीवनोपयोगी ज्ञान हासिल गरेको बताए । कार्यक्रम संयोजक तथा मिस तामाङ्ग पोखरा २०१८ कविता योञ्जनले मानिसले जन्मजात केही पनि सिकेर आएको हुदैन, आफुले पनि मिस तामाङ्गको मञ्चबाट धेरै कुरा हासिल गरेको सुनाइन् । बैदाम तामाङ्ग सेवा समाजका उपाध्यक्ष जयन्ती मोक्तानले आफ्नो संस्कार, भाषा र संस्कृति बारे घरबाटै सिकाउन शुरु गर्नु पर्ने बताइन् । उनले आफ्नो मौलिक मातृभाषाको प्रयोगले कोही पनि सानो तथा कमजोर नहुने बरु बलियो हुने पनि बताइन् ।
पोखरा सभागृहमा माघ ४ गते शनिवार हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् । नारीलाई निकै महत्वपूर्ण स्थान दिने तामाङ जातीको छोरी चेलीहरुको व्यक्तित्व र नेतृत्व विकास गरि उनिहरुको प्रतिभालाई प्रस्फुटन गर्न हरेक वर्षझैँ यो वर्ष पनि बैदाम तामाङ सेवा समाजले विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा सातौं ल्होसार महोत्सव तथा पाचौँ मिस तामाङ पोखरा २०२० आयोजना गर्न लागेको आयोजकको दावी छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया