
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
ब्रिटेनको राजपरिवारमा राजकुमार ह्यारी र उनकी पत्नीको अब के कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा फिर्ता गएकी छन्। ह्यारी र मार्कलले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए। उक्त शाही दम्पती क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए।
ब्रिटिश महारानी, प्रिन्स अफ वेल्स र ड्यूक अफ केम्ब्रिजले राजसेवाका कर्मचारीहरूलाई ह्यारी दम्पतीको घोषणापश्चात् उत्पन्न परिस्थितिको एउटा व्यावहारिक समाधान खोज्न भनेकै बेला मेगन क्यानडा गएकी हुन्।ह्यारी र मेगनको घोषणाका कारण राजपरिवार “आहत” भएको बताइएको छ। बकिङ्गम प्यालेसस्थित स्रोतहरूले बीबीसीका शाही संवाददाता जोनी डाइमन्डलाई बताएअनुसार उक्त विज्ञप्तिबारे राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन्। उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए।
“हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ,” उक्त दम्पतीको विज्ञप्तिमा उल्लेख छ।महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।“यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।”
शाही संवाददाता निकोलस विचलका अनुसार महारानीले बिहीवार प्रिन्स अफ वेल्स चार्ल्स र ड्यूक अफ केम्ब्रिज विलियमसँग सम्पर्क गरेकी थिइन्। उनीहरू सबैले राजसेवाका वरिष्ठ कर्मचारीहरूलाई ससिक्स परिवार र सरकारसँग मिलेर केही दिनभित्र समाधान खोज्न निर्देशन दिएका थिए।त्यसपछि मेगन क्यानडाका लागि प्रस्थान गरेको पुष्टि बीबीसीलाई गरिएको थियो, बीबीसी संवाददाता जोनी डाइमन्डले भने। ह्यारी र मेगन दम्पतीको घोषणाले बकिङ्गम प्यालेस “स्तब्ध” भएको उनले बताए। डाइमन्डका अनुसार राजपरिवारमा उनीहरूको भविष्यबारे छलफल भए पनि त्यो प्रारम्भिक चरणमा थियो।
बुधवार एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम प्यालेसले भनेको छ, “उनीहरूको भिन्न शैलीमा जाने इच्छा भएको बुझ्छौँ। तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ।” उनीहरूले जे निर्णय गरेको भए पनि ह्यारी ब्रिटिश राजगद्दीको उत्तराधिकारीको लहरमा छैटौँ स्थानमा छन्। गत अक्टोबर राजकुमार ह्यारी र मेगनले ब्रिटिश सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो देखाएको गुनासो गरेका थिए।क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए। उनीहरू छोरालाई क्यानडामा नै छाडी मङ्गलवार यूके फर्किएका हुन्। त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए।भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन्।अमेरिकी टेलिचलचित्र ‘सूट्स’मा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन्।
आर्थिक आत्मनिर्भरता
राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोष ‘सोभ्रिन ग्र्यान्ट’बाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन्।औपचारिक शाही उत्तरदायित्व वहन गर्दा राजपरिवारका सदस्यलाई सोभ्रिन ग्र्यान्ट भनिने सार्वजनिक कोषबाट रकम उपलब्ध गराइन्छ।महारानीले राज्यलाई सुम्पिएको शाही सम्पत्तिको कारोबार हेर्ने निकाय क्राउन इस्टेटले गर्ने आम्दानीबापत राज्यले राजपरिवारलाई खर्चका लागि उक्त कोष उपलब्ध गराउँछ।आर्थिक वर्ष २०१८-२०१९ मा उक्त कोषमा आठ करोड २० लाख पाउन्ड थियो।ह्यारी र मेगन दम्पतीका अनुसार सन् २०१९ मा सोभ्रिन ग्र्यान्टले उनीहरूको औपचारिक कार्यालयको पाँच प्रतिशत खर्च बेहोरिदिएको थियो। बाँकी खर्च प्रिन्स चार्ल्सले आफ्नो व्यापारिक संस्था डची अफ कोर्न्वलको आयबाट उपलब्ध गराएका थिए।विन्जरस्थित राजकुमार ह्यारी सपरिवार बस्दै आएको निवास फ्रग्मोर कटेज उनीहरूकै मातहतमा रहनेछ। त्यसको जिर्णोद्धार गर्न जनताको करबाट सङ्कलित २४ लाख पाउन्ड खर्च भएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया