
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो । उनी असार ३२ – ४० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका एक सफल राजनीतिज्ञका रुपमा चिनिन्छन् । तेह्रथुममा अहिले पनि प्रधानमन्त्री ओली जन्मिएको त्यो घर छ । ओलीको जन्मघरलाई संग्राहलयका रुपमा विकास गर्न पुर्वाधार निर्माणको काम हुँदैछ । तेह्रथुममा बाल्यकाल विताएका ओलीका साथीहरु अहिले पनि भेटिन्छन् ।तलको भिडियोमा देखिएका एक जना साथी जसले प्रधानमन्त्री ओलीसंग बाल्यकाल विताएका थिए । उनले ओलीको बाल्यकालको स्वभावका बारेमा खुलेर बताएका छन् । तिलबहादु गहतराज जसले प्रधानमन्त्रीलाई विद्यालय पुर्याउँथे । उनले ओलीलाई बोकेर विद्यालय लैजान्थे । गहतराज ओलीभन्दा १२ वर्षले जेठा थिए । त्यसैले प्रधानमन्त्री ओलीलाई बोकेर विद्यालय लैजान सक्थे । गहतराजसंग ओलीसंग बिताएका रोचक लाग्दा स्मरण छन् ।
उनको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । प्रधानमन्त्री ओली तीन वर्षको उमेर हुँदा आमाको निधन भएको थियो । हजुरआमाको संरक्षणमा हुर्किएका ओलीलाई गाउँलेले पनि उत्तिकै माया गर्थे । त्यतीबेला प्रधानमन्त्री डण्डीबियो जस्तो खेल निकै खेले । उनले त्यती बेलाको स्मरण गर्दै भन्छन् प्रधानमन्त्री ओली बाल्यकालमा पनि निकै चलाख थिए । ओली विद्यालयवाट घर आएपछि बाख्रा हेर्थे । प्रधानमन्त्रीले चराएको बाख्रा (खसी) गहतराजको भाईले झारेको रुखको हाँगोले लागेर ठहरै भयो । ओलीको बाख्रा ठहरै भएपछि गहतराजका दाजुभाई डराए ।तर प्रधानमन्त्री ओलीले तत्काल गरेको निर्णयले उनी चकित भए । त्यतीबेला गहतराजका दाजुभाईलाई ओलीले जोगाए । ओलीले आफुले गर्दा खसी ठहरै भएको भनेर आफ्ना बुवालाई सुनाए पछि आफुहरु जोगिएको बताए । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।
झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उनले आमा गुमाए । उनी सानो छँदा कन्काईमा आएको बाढीले घर जग्गा सबै बगायो । त्यसपछि उनको परिवार सुकुम्बासी भयो ।सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण उनको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । हजुरबा र हजुरआमाले ओलीलाई हुर्काए, पढाए । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उनको भेट भयो ।चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो ।
विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे । अरुको खुलेर आलोचना पनि गर्ने ओली एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सकेनन् । २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही वर्षदेखि भूमिगत भए । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए । प्रधानमन्त्री ओली गाउँ जाँदा अहिले पनि आफुलाई भेट्न आएको बताए । फूलमाला लगाएर आएका प्रधानमन्त्रीले भोटु होइन ? भनेर सोधेको उनले बताए । ओली प्रधानमन्त्री भएपछि अब उनको एउटै इच्छा छ हामी संगै खेलेका साथीलाई गाउँमा झलल पारेर विजुली बालेर उज्यालो पारिदिए हुन्थ्यो भन्ने इच्छा लाग्छ । प्रधानमन्त्री ओली अब फेरी जन्मदिन मनाउन जन्मघर पुग्नेछन् । त्यतीबेला पनि गहतराजलाई प्रधानमन्त्री भेट्ने इच्छा छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया