SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    १६६१ &#२३४६;&#२३३५;&#२३२५;

    ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर सेयर गर्दै लेखिन्, ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’

    कृष्णाको फोटोमा भाइ टाइगरले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘बिचरा इबन’ । टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् । तीमध्ये कतिले उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन् ।यस्तै, अश्मित पटेल, एली अवराम, फराह खानले यी दुईलाई नयाँ वर्षको शुभकामना दिँदै कृष्णाको शरीरमा बनेको ट्याटुको पनि तारिफ गरेका छन् ।

    इबनको कुरा गर्ने हो भने उनी कहिले इजराइल त कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् । पुणेमा जन्मिएका इबन बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीसँग अष्ट्रेलिया र इजराइलको नागरिकता छ र उनको संगीतप्रति पनि ठूलो लगाव छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं