
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।
भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा निर्मित २२ कोठे अत्याधुनिक भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । यो भवनसँगै एसियाली विकास बैंकको ऋण सहयोगमा काठमाडौंमा बन्नुपर्ने ११ वटै भवनको निर्माण सम्पन्न भएको छ । विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुनर्निर्मित भवनमा विद्यार्थी भरेर उनीहरुलाई टिकाउने र सिकाउने जिम्मा विद्यालयको भएको बताए ।
विद्यालयको भवनमात्रै ठूलो तर, कक्षाकोठा खाली नहोस्, नेपालले भने– जसरी नयाँ भवनमा कुनै खोट छैन त्यसरी नै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन । सरकारले विद्यालय भवन, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, तालीम, छात्रवृृत्ति दिइरहेको अवस्थामा अब सामुदायिक विद्यालयहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याएर टिकाउँदै सिकाउँदै तह पार गर्नुपर्नेमा उनले जोड दिए ।
बालबालिकालाई किताबको घोकन्ते सिकाइभन्दा माथिल्लो स्तरको जीवनउपयोगी सीप र प्राविधियुक्त सिकाइ दिन आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले सिकाइलाई खेलकुद, गीतनृत्य र स्विमिङसँग जोड्नुपर्ने बताए ।
स्कूल बन्यो अब पढाइ बनाउनुस्– नेपालले भने, बालबालिकालाई कान समातेर होइन माया गरेर सिकाउनुस् । आगामी दिनमा शिक्षकले पढाएको अनुगमन गर्न सुटुक्क कक्षाकोठामा आउने उद्घोष गर्दै उनले बालबालिकालाई स्कूल आउँ–आउँ लाग्ने बनाउन आग्रह गरे । विद्यालयलाई प्रविधियुक्त सिकाइका लागि सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुन रायमाझीले नयाँ बनेको विद्यालय भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन स्थानीय सरकार र विद्यालयसँग आग्रह गरे । नयाँ भवनको संरक्षण र सुरक्षालाई ध्यान दिन आग्रह गर्दै रायमाझीले विद्यार्थी आकर्षित हुनेगरी सिकाइ सुधार्न शिक्षकहरुसँग आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले नयाँ भवनमा नयाँ शिक्षा दिने प्रतिबद्धता जनाए । भवन नहुँदा यसकैमात्र चिन्ता रहेपनि अब सिकाइ सुधारको चिन्ता मात्रै बाँकी रहेको भन्दै उनले प्रविधियुक्त सिकाइका लागि सहयोग गर्न सरोकारवालाहरुसँग आग्रह गरे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया