SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१३ गते
    १४४९ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ,यूएई, दुबई। पर्बत सेवा समाज यूएई ले अंग्रेजी नया बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो।

    एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस् ,नया बर्षको शुभकामना साटासाट ,वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक जमघट ,भेटघाट हुने भएकोले बनभोजको आयोजना गरिएको समाजका अध्यक्ष सरोज जी सी ले जानकारी दिनु भयो।

    उक्त बनभोज कार्यक्रममा आदर्श कास्की समाज,स्याङ्जा समाज,ब्यापारी ,बिभिन्न तह तप्काका बिसिस्ट ब्यक्तित्व ,पत्रकार साथै स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

    बिगतमा पर्बत जिल्लालाई बिभिन्न राहत, सिप मूलक तालिम,आर्थिक,सास्कृतिक सहयोग गर्दै गरेको र आगामी दिनमा अझै पर्बत जिल्लालाई पर्यटन मार्फ़त देश बिदेसमा चिनाउन सो समाज ले अग्रणी भूमिका खेल्नु पर्नेमा समाज का पूर्ब अध्यक्ष राजेन्द्र अधिकारीले बताउनु भयो।
    सास्कृतिक कार्यक्रम नाचगान, रमाइलो खेल,मिष्ठान्न परिकारका साथ कार्यक्रम सम्पन्न गरिएको समाज को कार्यक्रम मात्र नरहि अहिले यूएई का बिभिन्न सहरमा संघ, सस्था, क्लबले बनभोज को आयोजना गर्ने लहर नै छाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं