SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/७ गते
    २२०३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो । पर्वत उद्योग बाणिज्य संघले सोमवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी दिएको छ ।

    महोत्सव सम्पन्न गर्नका लागि ४८ उपसमितिहरु पनि बनाईएको छ । महोत्सव आउन झण्डै एक महिना बाँकी रहँदा प्रचार प्रसार, आर्थिक संकलन लगायतका तयारीहरु भैसहेको मुल संयोजक केदारनाथ शर्माले जानकारी दिए । हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।

    समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ । महोत्सवमा कालीगण्डकी नदिमा ¥याफ्टीङ, हनेपालकै अग्ला र लामा चार वटा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् ।

    त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ । महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ । त्यस्तै जिल्लाका सातवटै स्थानीय तहहरु सहआयोजकको रुपमा रहेका छन् ।

    महोत्सववाट भएको आम्दानीले व्यवस्थित महोत्सव स्थल निर्माण गर्ने, पर्यटन वर्षको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, लघु तथा घरेलु उद्योगवाट उत्पादित सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने, उद्योग बाणिज्य संघको कल्याणकारी कोषलाई भावकारी बनाउने लगायतका उद्धेश्य रहेका छन् ।< पत्रकार सम्मेलनमा आर्थिक संयोजक गोपि अधिकारी, पर्वत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, पत्रकार महासंघका गण्डकी प्रदेश महासचिब गणेश पौडेल लगायत विभिन्न संयोजकले धारणा राख्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं