SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/७ गते
    १३८० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । मिस नेपाल श्रृङखला खतिवडा पोखराको फेशन र्याम्पमा देखा परेका छन् । शुक्रबार पोखरामा भएको द फेशन सन् २०१८ का मिस नेपाल वल्र्ड श्रृङखला खतिवडा सहित मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा , सुपर मोडेल सविता कार्की, सृजना रेग्मीले र्याम्पको माहोल तताएका थिए ।

    इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा भएको सोमा पोखराका मोडेलहरु काशु गुरुङ्ग, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबकले र्याम्प वक गरेका थिए । यस्तै पुरुष मोडेलहरुमा नविन लिम्बु, हिंमाशु टि.बी राना, तोर्डन मगर, इशान गुरुङ्ग र जेनिथ गुरुङ्गले साथ दिएका थिए । ४ वटा सिक्वेन्समा भएको सोका लागि डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देश राईले पोशाक डिजाइन गरेका थिए । सोही र्याम्पमा मिस तामाङ २०२० का प्रतियोगीहरुले पनि र्याम्प वाक गरेका थिए ।

    वाइज मन्कीको आयोजनामा भएको सोका लागि पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागीता जनाएका थिए । राती अबेर सम्म चलेको फेशन सोमा आधुनिक नृत्य पनि प्रस्तुत गरिएको थियो । इभेन्ट म्यानेजर सनिज गुरुङ्गले पोखरालाई फेशन र संगीतको राजधानीका रुपमा चिनाउन फेशन सो गरिएको बताए । कार्यक्रम संयोजक रविन पराजुलीले पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउन कार्यक्रम गरिएको सुनाए । कार्यक्रममा फेशन प्रति लगाव राख्ने ४ सय दर्शकको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक सुजुकी बर्गम्यान टु ह्विलर्सले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं