
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
निर्मल पौडेल पर्वत ।
अहुरी इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको फान्टेसी साइन्सफिक्सन,सस्पेन्स थ्रिलर सुपर हिरोज मोभी ‘‘अहुरी’’ को पुन प्रर्दशन हुने भएको छ । यहि गत १४ गते गरिएको विशेष सो मा दर्शकहरुले अत्याधिक रुचाईएका कारण र भिडभाड भएका कारण कुस्माको सिद्देश्वर चलचित्र मन्दिरमा यही मंशिर २१ गते दिउसो ३ वजे पुनः विशेष प्रर्दशन हुने भएको हो ।
पहिलो सो मा हल खचाखच भएर टिकट हुँदा हुँदै पनि हाउसफूलको कारण अवलोकन गर्न नपाएका दर्शकहरुको माग लाई मध्यनजर गर्दै प्रदर्शन गर्न लागिएको फिल्मका निर्देशक तथा रचनाकार विशाल लोहनीले जानकारी दिएका छन् । धौलागिरीको विभिन्न एतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरु र सम्भावना वोकेका स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको कथा पटकथा र निर्देशन समेत स्वयं लोहनी आफैले गरेका छन् । फिल्मको वारेमा जानकारी गराउँँदै निर्देशक लोहनीले फिल्म नेपाली चलचित्र इतिहासमै पृथक विषयवस्तुमा रहेको वताए ।
उनले भने ‘‘ कल्पना गर्नुहोस अहिलेको तपाई दुईसय पचास वर्ष पछाडी भुतकालमा यही चेतनामा पुग्नुहुन्छ, त्यो वेलाको दुखःकष्ट र समय लाई देख्नुहुन्छ, तपाईले भुतकाललाई वदल्न सक्नुहुनेछ । तपाई के गर्नुहुन्छ ?’’ प्रश्न खडा गरेका छन् । चलचित्रको आगामी सो मा पनि अवलोकन गर्न नपाउने दर्शकहरु लाई अवलोकन गरी सल्लाह सुझाव दिन आग्रह गर्दै ‘‘अहुरी ’’ यही वर्षको अन्त्यतिर देशभर प्रदर्शन गर्ने समेत लोहनीले वताए ।
थप जानकारी दिँदै चलचित्रमा प्राचिन भाषा संसोधन तथा सम्पादन गरेका भिजन अर्जुन शर्माले अत्याधिक दर्शकहरुले रुचाईएका कारण पुनः दोस्रो सो गर्न लागिएकोमा जोड दिए । फिल्ममा धौलागिरीको मौलिक लोक आञ्चलिकतालाई मौलिक भाषाको माध्यमवाट कथावस्तुलाई धाराप्रवाहवाट अगाडी वढाईएकोले चलचित्रका हरेक दृश्यलाई सहज रुपमा वुझ्ने र ज्ञान लिन सकिनेमा जोड दिए ।
चलचित्रको निर्मातामा रामप्रसाद पौडेल आर.सी., भिमा परियार,रिमती खोर्जा लोहनी,मधुराम सुनार,दिलिप वस्याल,थमानसिंह पुर्जा,दिमष गुरुङ,सविन खड्का र विशाल लोहनीले गरेका छन् । चलचित्रको द्धन्द्ध भुपेन्द्र विसीले गरेका हुन् । किसान विसीले छायाङकन गरेको चलचित्रमा प्राचिन भाषा संसोधन तथा सम्पादन भिजन अर्जुन शर्माले गरेका छन् । मोशन स्टुडियो काठमाण्डौले सम्पादन गरेको चलचित्रमा कलर सम्पादन वन्दे प्रसाद ,भि. एफ. एक्स् प्रमुख समिर मियाको रहेको छ । पाश्र्व संगित प्रमोद परियार र संगित मनोज चौलागाईको रहेको गितको शव्द प्रकाश परियारले दिएका छन् ।
गितमा कर्णप्रिय स्वर सञ्जय वदल,सुजता वर्मा,प्रकाश परियार,विमला परियारले दिएका छन् । निकै रोमाञ्चक गितको नृत्य निर्देशन सुजता वस्यालले गरेकी छन् भने सहायकमा किरण तामाङले गरेका छन्। चलचित्रमा सहायक निर्देशकको भुमिका रामप्रसाद पौडेल आर.सी.,राजु सेञ्चुरी,भिजन अर्जुन शर्माले निभाएका छन् । चलचित्रमा भेषभुषा डिजाइन रिमती खोर्जा ,भिमा परियार शिव परियारले गरेका छन् । डिजाइन र श्रृङ्गार सरिता परियार ,लक्ष्मी राईको रहेको छ । ड्रोन अपरेटर धु्रव केसी, जिमीजिप अपरेटर भिम पुनले गरेका छन् । प्रकाशमा सन्तोष परियार र सहायकमा भरत आर.डि. ले गरेका छन् । चलचित्रमा स्केच आर्ट सरोज यादवको रहेको छ । स्वर र डायलक डविङ लिल वहादुर पुर्जाले पुन डिजिटल स्टुडियोमा गरेका हुन् ।
चलचित्र छायाङ्कनमा यातायातमा सहयोग गर्नेमा पार्वती गुरुङ,नरेश गुरुङ,टिका मगर,सुरज केसी,प्रविन पुन, विक्रम सुनार, विशाल गर्वुजा रहेका छन् । भान्सामा अहोरात्र खटेर प्रकाश थापाले गरेका छन् । यसैगरीे धौलागिरी क्षेत्रका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा मुख्य कलाकारहरु तथा नायक नायिकाहरुमा कुमार गजुरेल, सरिता घिमिरे, सन्जिव खड्का,शिल्पा कार्की, दिमष गुरुङ, लक्ष्मी राई, अर्जुन थापा,सुजता वस्याल , विज्ञान हमाल,मनिसा पन्त,सुमन सेञ्चुरी प्रदिप परियार र विशाल लोहनीको उत्कृष्ट अभिनय रहेको छ । यसैगरी मुख्यखलपात्रमा थमानसिंह पुर्जा सुजल, सरिता परियार ,अर्जुन वि.सि., अनुपा राई, अमृत सुनार, केशव घिमिरे, दुर्गा तिलिजा, रोशन रुचाल,मधुराम सुनार,सुजन थापा अप्जसी मिन, टिका मगर,थम सेञ्चुरी रामचन्द्र पौडेल,कृष्ण सुनार,ठक वहादुर सुनार, सञ्जय परियार,सुर्य वि.सि.,विरेन्द्र सेञ्चुरी,विश्वराज सुनार, लेख रुचाल,सुर्य वहादुर थापा,नरेश गुरुङ,रामकृष्ण क्षेत्री, दिल वहादुर परियार, सुजन रोका, मिलन अधिकारी, अनिल किसान,विशाल वस्याल,विजय वस्याल, नरवहादुर थापा,राजु मिँया, कृष्ण परियार, सुजन सुनार, सन्तोष नेपाली,लगायतका रहेका छन् ।
विशेष कलाकारहरुमा सरिता भण्डारी ‘सरु’, राजु सेञ्चुरी, रामप्रसाद पौडेल, शालिकग्राम वि. पौडेल, शिव परियार याम र अतिथी कलाकारहरुमा चन्द्र रामदाम, केशव आचार्य,पार्वती गुरुङ,निर्मल पौडेल एन.पि.घायल, ठाकुर रसाईली, राम श्रेष्ठ, राजकुमार सेञ्चुरी, किसान वि.सी रहेका छन् । अहुरी गाउँलेमा रश्मि रिया खत्री,सुवोध घिमिरे, कर्ण वस्याल,सुरेश रसाईली,अर्जुन शर्मा,प्रकाश थापा,सन्तोष परियार,रामप्रसाद सुवेदी भिम पुन,भिमा परियार,विमल गुरुङ,पार्वती सुनार,करण नेपाली,अर्जुन नेपाली,प्रकाश परियार,मंगल नेपाली, निशा श्रेष्ठ,मनिशा शेरचनले अभिनय रहेका छन् । वाल कलाकारहरुमा अर्विन शर्मा, जेशन घिमिरे,अन्सु वि.सि., अनुप, अनिस, सञ्जय, आशिष, नशिव, अञ्जिर, प्रताप, प्रिन्स, सौरभ, सुहानी, समिर, खेम, निश्चल लगायतका रहेका छन् । वाल डविङ आवाजमा लकिश पुन,अजिल पुन, असिम थापा र थप डविङ आवाजमा याम परियार शिव, दिलिप वस्याल, योगेन्द्र शाही,रघु माझी, सुर्यवहादुर थापा, किसान वि.सी,विन्दु सुनारको रहेको छ । अहुरी निमार्ण युनिट लाई सफलताको शुभकामना ।।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया