News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार समाचार

    हरेक क्षेत्रका गितमा माहिर थानेश्बर गौतमको कालो चश्माले तहल्का पिट्दै {भिडियोसहित}

    काठमाडौं,। नेपाली लोक। आधुनिक, सुगम, दोहोरी तथा गजल गायनका बादशाह मानिने थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘कालो चस्मा‘’ सार्वजनिक भएको छ । गितले सार्वजनिक भएको केहि समयमा नै तहल्का पिट्दै राज गरिरहेको छ ।

    नेपाल जन्मभुमी भएका तर हाल बेलायतमा रहेका गीतकार मणि गौतमको शब्द, थानेश्वर कै सङ्गीत र राजन इशानको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गितमा थालेश्बर गौतमले आफ्नो दमदार प्रस्तुती दिएका छन् । गायन जस्तै थानेश्बर एक्टींगमा पनि प्रखर देखिएका छन् ।

    रोजल थापाको निर्देशन र रोहित बस्नेतको कोरियोग्राफी रहेको भिडियोमा थानेश्वर र अञ्ज चौलागाईं फिचरिङ गरिएको छ । वीरेन्द्र भट्टको क्याम्परा अनि अनिल रानाको सम्पादन रहेको भिडियोमा निर्देशकले गायकलाई निकै रोचक रुपमा प्रस्तुत गरेका छ्न ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया