
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको छ। दशरथ रंगशाला स्थित राखेपको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो। नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो । नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यसपटक नेपाल घरेलु भुमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि नेपालले २५–१८ को सहज जित निकालेको थियो । एक समयमा ९ अंकको आरामदायी अग्रता लिएर पनि श्रीलंका खेलमा फर्कदा नेपाल दवावमा परेको थियो । तर, नेपालले त्यसपछि केही अंक गुमाएपनि जित निकाल्न सफल भयो ।तेस्रो सेटमा शुरुवात देखि नै श्रीलंकासँग पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । लगातार दुई अंकले पछि परेको नेपालले ११ अंकमा बराबरी गर्न सफल हुदै अग्रता लिँदै २५-२१ को जित हात पार्न सफल भएको थियो ।अब नेपालले उपाधिको लागि मंगलबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।
१३औँ साग : आर्चरीमा तीन स्वर्ण जित्ने लक्ष्य
यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् ।श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा भएको १२औँ संस्करणमा व्यक्तिगत विधामा कास्य पदक जितेको नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा भने कम्तीमा पनि तीन स्वर्ण हात पार्ने लक्ष्यमा छ ।
पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा ७० मिटर ‘कम्पाउन्ड’ र ५० मिटर ‘रिकर्भ’ गरी दुई इभेन्टमा महिला तथा पुरुषतर्फ १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । रिकर्भ व्यक्तिगत, कम्पाउन्ड पुरुष तथा महिला टोलीमा स्वर्ण पदकको आश प्रशिक्षकले गरेका छन् ।आर्चरीमा अरू देशभन्दा माथिल्लो स्तरमा रहेको भारत आन्तरिक विवादले खेलमा सहभागी नहुने भएपछि अन्य राष्ट्रलाई केही सहज भएको छ भने स्वर्ण प्रतिस्पर्धासमेत तीव्र हुने देखिएको छ । समूहमा बङ्गलादेश केही माथि रहे पनि नेपाल, श्रीलङ्का, पाकिस्तान र भूटानको अवस्था समान छ । माल्दिभ्सले भने खेलमा सहभागिता जनाएको छैन ।गत भदौ २८ देखि ३० गतेसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट आठ÷आठ जना पुरुष तथा महिला खेलाडी छनोट गरी उनीहरुले नियमित प्रशिक्षण गरिरहेका छन् । सागका लागि नेपाली टोलीले गत जेठदेखि नियमित अभ्यास गरिरहेकाले पनि यसपटक राम्रो गर्नेमा खेलाडी आशावादी छन् ।
खेलाडीले लामो तयारी गरे पनि राज्यले उनीहरुलाई आवश्यक खेल सामग्री अहिलेसम्म उपलब्ध गराउन सकेको छैन । खेलाडी आफैँले लगानी गरेर सामग्री जोहो गरेर भए पनि निरन्तर अभ्यास गर्दैै आएका छन् । खेल शुरु हुन केही दुई दिन बाँकी रहँदासमेत खेल सामग्री खेलाडीले पाउन सकेका छैनन् । अभ्यासका लागि आवश्यक एरो, टार्गेट बोर्ड, दूरबिन लगायतका खेल सामग्री अहिलेसम्म उपलब्ध हुन नसकेका नेपाली टोलीका प्रशिक्षक वसन्त थकालीले बताउनुभयो ।खेलाडी पहिलाभन्दा बढी खारिएर आएका र स्कोर पनि राम्रो हुँदै आएकाले पदकको आशालाई बढाएको प्रशिक्षकको भनाइ छ । “खेलाडीले लामो समयदेखि राम्रो तयारी गरेका छन्, घरेलु मैदानमा उनीहरुको मनोबल पनि उच्च छ, तर अहिलेसम्म खेल सामग्री सरकारले उपलब्ध गराएको छैन, कहिले सामग्री आएर त्यसमा अभ्यस्त भएर पदकको आशा गर्ने ?”, उहाँले भन्नुभयो ।
मैदानबाहेक अन्य कुनै पनि खेल सामग्री तथा पूर्वाधार तयार नहुँदा खेलाडी चिन्तित भएका छन् । सागमा आर्चरीतर्फ रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदकका लागि प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले बताउनुभयो ।नेपाली टोलीमा रिकर्भ इभेन्टमा पुरुषतर्फ असिम शेरचन (पोखरा), रोशन नगरकोटी (आर्मी), डम्बरबहादुर थापा (आर्मी), तिलक पुन मगर (प्रहरी) तथा महिलामा मित्र राई (आर्मी), ज्ञानु अवाल े(आर्मी), विुष्णमाया लिम्बू (पोखरा) र आइसा तामाङ (आर्मी) रहेका छन् । त्यसैगरी कम्पाउन्ड पुरुषतर्फ रमेश भट्टचन (काठमाडौँ), सनातन मल्ल (काठमाडौँ), योगेन्द्र शेरचन (पोखरा) र मीनप्रसाद गौचन (काठमाडौँ) छन् ।महिलातर्फ पार्सदा आचार्य (काठमाडाँै), मोनिका राना (पोखरा), रश्मी दर्लामी मगर (पोखरा) र मञ्जु बजगाईं(आर्मी) रहेका छन् । पोखरामा सञ्चालन हुने आठ खेलका लागि ४०९ महिला र ३२९ पुरुष खेलाडी सहभागी हुने प्रचारप्रसार समितिले जनाएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया