SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/३ गते
    २२३२ &#२३४६;&#२३३५;&#२३२५;

    तिलक बोहरा काठमाण्डौ, – यती बेला नेपाली जनताको रगत उम्लिरहेको छ त्यो नेपाली रोजगारको शिलशिलामा इन्डिया,जापान,मलेसिया,सिउदीअरब,कतार चाहे बिश्वको कुनै पनि कुनामा होस ।बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती माया र मोह हुन्छ भन्ने कुरा नेपालीहरूले आ-आफ्नो ठाउंबाट कुनै न कुनै माध्ययम बाट ब्यक्त गरेका छन्।

    सबैलाई अबगत नै छ कि पछिल्लो पटक भारतले नेपाली भुमी अतिक्रमण गरेर नक्सा निकालेको कुरा ।यही कुराले बिर गोर्खालीको रगत उम्लिएको छ।आफ्नो जननीको रक्षाका लागि ज्यान दिन र ज्यान लिन पनि तयार भइरहेका छन ! खुलेआम हातहतियार सहितका भारतिय सेना र पुलिसहरूको अगाडी डटेर आफ्नो भुमी छोड्न दवाव दिईरहेका छन ।

    यही क्रममा भारतिय सेनामा कार्यरत रहेर पनि मातृभुमीमा भारतले गीद्दे नजर लगाएको सहन नसकी सर्जक नरेश बोहोराले खुकुरीले टाउको छिनाएको र गोर्खालीको छोरो भनि संसार भर चिनाएको कुरा भारतिय पक्षले नभुल्न र यदि कालापानी, लिपुलेक नछोडे त्यही हबिगत भोग्न तयार हुन आग्रह गर्दै गीत मार्फत आगो बालेका छन ।

    जापानमा रहेर नेपाली गीत संगीतलाई माया गर्दै समसामयीक बिषय बस्तुका गीत गाउंदै धेरैको मन जित्न सफल स्वरका धनी गायक सुर्य खड्काले उक्त गीतलाई अत्यन्त उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं