SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२ गते
    १८६८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ । राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा ल्याएको हो । ब्याडमिन्टन कर्भडहलको निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न सरकारी कार्यालयका प्राङ्गणमा व्याडमिन्टन खेल्दै आएका खेलाडीहरुलाई राहत भएको छ ।

    पर्वत मोदीकाली व्याडमिन्टन संघले राष्ट्रिय खेलुकद परिषदले अलपत्र छाडेको कर्भडहल गण्डकी प्रदेश सरकार, स्थानीय कुश्मा नगरपालिका र विभिन्न खेलाडीहरुको सहयोगमा झण्डै ४० लाख रुपैयाको लागतमा सम्पन्न गरेको छ । राखेपले कर्भहलका लागि ७० लाख भन्दा बढी खर्च गरेको थियो भने समितिले पनि अझै २५ लाख भन्दा बढी ऋण गरेर निर्माण पुरा गरेको संघका उपाध्यक्ष सुनिल भुसालले बताउनुभयो । ऋण,धन गरेर अलपत्र कर्भहल निर्माण सम्पन्न गरेका हौ ।

    कर्भडहलको प्रतिनिधीसभाका सदस्य पदम गिरीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । उहाँले खेलाडीहरुको उत्साह र मेहनतबाट आफुँ प्रभावित भएको बताउँदै कर्भडहल निर्माण सम्पन्न गर्नका लागि थप २० लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको कुरामा जोड दिदै अरबौ खर्चेर अस्पतालमात्र निर्माण नगरी खेल मैदान र कभर्डहलहरुको पनि पर्याप्त विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    अस्पताल मात्र खोल्ने हैन, खेलमैदान र कभर्डहलहरुको पनि विकास गर्नुपर्छ उहाँले भन्नुभयो –‘मानिस स्वस्थ्य रहनका लागि खेलमैदान आवश्यक छ ।’ गिरीले जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारहरुबीच समन्वय गरी अघि बढ्न जरुरी छ भन्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतको प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्मा, खेलाडी तथा लोकसेवा आयोग बागलुङका प्रमुख गणेश पौडेलले पर्वतमा भौतीक संरचनाको अभावमा खेल गतिविधिहरु ठप्पजस्तै बनेको बेला यो कभर्ड हलको पर्याप्त उपयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

    कभर्डहल स्थापना भएपछि जुनसुकै मौसम र सिजनमा पनि खेल खेल्न सकिने भएको छ । साथै प्रदेश तथा अञ्चल र जिल्ला स्तरिय प्रतियोगिताहरु संचालन गर्न समेत सकिने भिमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन सचिब बिनोद बि पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा कर्भडहल निर्माणका लागि योगदान दिने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम गुरुङ्ग, पुर्ब अध्यक्षहरु देबेन्द्रराज पाण्डे र शिब पौडेल, कुस्मा वडा नं ५ की अध्यक्ष चित्रकला भारती, इन्जिनियर सञ्जय लामिछाने लगायतलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं