
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ । राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा ल्याएको हो । ब्याडमिन्टन कर्भडहलको निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न सरकारी कार्यालयका प्राङ्गणमा व्याडमिन्टन खेल्दै आएका खेलाडीहरुलाई राहत भएको छ ।
पर्वत मोदीकाली व्याडमिन्टन संघले राष्ट्रिय खेलुकद परिषदले अलपत्र छाडेको कर्भडहल गण्डकी प्रदेश सरकार, स्थानीय कुश्मा नगरपालिका र विभिन्न खेलाडीहरुको सहयोगमा झण्डै ४० लाख रुपैयाको लागतमा सम्पन्न गरेको छ । राखेपले कर्भहलका लागि ७० लाख भन्दा बढी खर्च गरेको थियो भने समितिले पनि अझै २५ लाख भन्दा बढी ऋण गरेर निर्माण पुरा गरेको संघका उपाध्यक्ष सुनिल भुसालले बताउनुभयो । ऋण,धन गरेर अलपत्र कर्भहल निर्माण सम्पन्न गरेका हौ ।
कर्भडहलको प्रतिनिधीसभाका सदस्य पदम गिरीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । उहाँले खेलाडीहरुको उत्साह र मेहनतबाट आफुँ प्रभावित भएको बताउँदै कर्भडहल निर्माण सम्पन्न गर्नका लागि थप २० लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको कुरामा जोड दिदै अरबौ खर्चेर अस्पतालमात्र निर्माण नगरी खेल मैदान र कभर्डहलहरुको पनि पर्याप्त विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल मात्र खोल्ने हैन, खेलमैदान र कभर्डहलहरुको पनि विकास गर्नुपर्छ उहाँले भन्नुभयो –‘मानिस स्वस्थ्य रहनका लागि खेलमैदान आवश्यक छ ।’ गिरीले जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारहरुबीच समन्वय गरी अघि बढ्न जरुरी छ भन्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतको प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्मा, खेलाडी तथा लोकसेवा आयोग बागलुङका प्रमुख गणेश पौडेलले पर्वतमा भौतीक संरचनाको अभावमा खेल गतिविधिहरु ठप्पजस्तै बनेको बेला यो कभर्ड हलको पर्याप्त उपयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
कभर्डहल स्थापना भएपछि जुनसुकै मौसम र सिजनमा पनि खेल खेल्न सकिने भएको छ । साथै प्रदेश तथा अञ्चल र जिल्ला स्तरिय प्रतियोगिताहरु संचालन गर्न समेत सकिने भिमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन सचिब बिनोद बि पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा कर्भडहल निर्माणका लागि योगदान दिने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम गुरुङ्ग, पुर्ब अध्यक्षहरु देबेन्द्रराज पाण्डे र शिब पौडेल, कुस्मा वडा नं ५ की अध्यक्ष चित्रकला भारती, इन्जिनियर सञ्जय लामिछाने लगायतलाई सम्मान गरिएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया