
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि गठन भएको विभिन्न उपसमितिहरुको भेला बुधवार सम्पन्न भएको छ ।
महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा महोत्सव सफल पार्न गठन गरिएको ४० वटा उपसमितिका संयोजकहरुले महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउनका लागी आफुले पाएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका थिए । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुल्ला चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा विशेष पहलकदमी गर्दै आएको युनाईटेड क्लवले आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सवको आयोजना गर्दैछ ।
बुधवार आयोजित भेलामा वोल्दै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा दशौ पोखरा महोत्सव कार्य सम्पादन उपसमितिका संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सव गण्डकी प्रदेशकै गौरवको र एकमात्र सफल महोत्सव भएकाले समग्र पोखरेलीबासीको साथ र सहयोग हुनेमा दुई मत नरहेको वताए । सो अवसरमा महोत्सवका सांस्कृतीक ब्यवस्थापन उपसमिति संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले विगतका महोत्सवहरु भन्दा दशौ संस्करणको महोत्सवलाई फरक ढंगले सञ्चालन गरी भब्य र सभ्य बनाउनका लागी सम्पूर्ण उपसमितिहरुले आफ्नो जिम्मेवारीबोध हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सव पोखराको गौरवको महोत्सव भएकाले सवै पक्षलाई समेटेर महोत्सवलाई सभ्य र भब्य वनाउनतर्फ सम्पूर्ण कार्यसमिति तथा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु लाग्नुपर्नेमा जोड दिए । महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा महोत्सव सचिवालय उपसमिति संयोजक लोक बहादुर थापा, स्वयंसेवक परिचालन उपसमिति संयोजक विष्णु गुरुङ, प्राथमिक उपचार ब्यवस्थापन उपसमिति संयोजक नरहरी पनेरु, स्मारक निर्माण उपसमिति संयोजक सिद्धि कुमार श्रेष्ठ लगायतले वोलेका थिए ।
युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै हाल सम्म पोखराको पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा ५४ लाख ८५ हजार प्रदान गरिसकेको छ । प्रत्येक महोत्सवबाट क्लवले लिएको उद्देश्य शिक्षा, स्वास्थ्य र खेलकुदमा १५ प्रतिशत र चिडियाखानामा २० प्रतिशत रकम खर्चदै आएको छभने सेती नदीमा समेत सरसफाई संगै सिसि क्यामेरा जडान गरिसकेको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया