News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य मुख्य समाचार

    छातीमा छ कालापानी देशवाट हरायो, आमाको एउटा नानी देशवाट हरायो : निर्मल पौडेल एन पि घायल

    छातीमा छ कालापानी देशवाट हरायो ।
    आमाको एउटा नानी देशवाट हरायो ।।

    त्यो इतिहास पल्टाई वर्तमान हेर्नुहोस् ।
    पुर्खाको थियो कहानी देशवाट हरायो ।।

    देश वनाउनेहरुले प्रदेश वनाईरहेछन् ।
    विडम्वना देशकै जवानी देशवाट हरायो।।

    उहाँको राष्ट्रवादी वोलीको ठेगान खै ?
    जानी हो या नजानी देशवाट हरायो ।।

    वेचिएसी नदीहरु घायल वन्दै वग्छन्।
    स्वामित्वमा छैन पानी देशवाट हरायो ।।
    निर्मल पौडेल एन पि घायल

    लाेक कल्याणकारी

    प्रतिक्रिया