SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/९ गते
    २०६२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत कुश्मा। पर्बत बेनीको न्यू होराइजन आबासीय मा.बि ले शिवालय मा.बि लाई फाईनलमा २-० गोलले हराउदै उपाधी माथी कब्जा जमायो । कुश्मा ज्ञादी झोलुंगे पुल संगैको नया खेल मैदानमा जारी पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीताको फाईनलमा न्यू होराइजन आबासीय मा.बि का बिशाल परियारले पहिलो हापको १४ मिनेटमा नै गोल गरी आफ्नो टिम लाई अग्रता दिलाए भने दोश्रो गोल खेलको १८औ मिनेटमा गोल गर्दै खेल २-०ले आफ्नो पोल्टामा परे।  सेमीफाइनल खेलमा कालिगण्डकी एकेडेमीलाई २-० को समग्र जित निकाल्दै फाईनल मा प्रबेश गरेको न्यू होराइजन आबासीय मा.बि ले उत्कृष्ट खेल खेलेको थियो भने शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि लाई १ गोलका बिरुद्ध ४ ले पराजित गर्दै  फाइनलमा प्रबेश गरेको थियो तर उसले सेमिफाइनलमा जस्तो खुलेर खेल्न भने पाएन।

    घरेलु मैदान अनि घरेलु दर्शकको साथ पाएको शिवालय आक्रमण भन्दा पनि रक्षात्मक रणनीतिमा उत्रेको थियो। शिवालय मा.बि लाई खेलको १७ औ मिनेटमा अर्को झड्का लग्यो जब गोलकिपरले रातो कार्ड खादै मैदान छोड्न बाध्य भए र शिवालय मा.बि ६ जना खेलाडीमा नै सिमित भयो अन्तिम अन्तिम तिर।सुरु देखि नै प्रतियोगिताको दाबेदार मानिएको न्यू होराइजन आबासीय मा.बि ले फाईनल सम्म कुनै पनि गोल नखाई पुगेको थियो।प्रतियोगितामा अनुसासित टिम कालिगण्डकी एकेडेमी,सर्बाधिक गोलकर्ता न्यू होराइजन आबासीय मा.बि का निशान जि.सी, उत्कृष्ट खेलाडी शिवालय मा.बि का सुसान श्रेष्ठ, उत्कृष्ट गोलकिपर कालिगण्डकी एकेडेमीका बिबेक थापाले प्राप्त गरेको जानकारी कार्यकम संयोजक सुरेन्द्र पौडेल ले सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।

    प्रतियोगितामा बिजेताले (२०,०००)बिस हजार रनिंग सिल्ड र प्रमाण पत्र मेडल र उपविजेताले (१५,०००) पन्ध्र हजार,प्रमाण पत्र र मेडल प्राप्त गरे।समापन कार्यक्रम को प्रमुख अथिति नगर प्रमुख रामचन्द्र जोशीले रेफ्री राजन गुरुङ, गोबिन्द रिजाल र गंगा बहादुर गुरुङ लाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो भने विशिष्ट अथिति प्रहरी नायब उपरिक्षक श्याम अर्याल,पर्बत उधोग बाणिज्य संघका अध्क्षय केदारनाथ शर्मा, पर्बत जेसीज अध्यक्ष क्लब अध्यक्ष शिब प्रसाद सुबेदीले मन्तब्य राख्नुभएको थियो। कार्यकमको समापन गर्दै पर्बत जेसीज का अध्यक्ष मोहन आचार्यले प्रतियोगिता अब हरेक बर्ष आयोजना गर्ने र यसलाई सफल बनाउन हरेक बिधालयले सहभागी हुने बाताबरण सिर्जना गर्नु पर्ने बताउनु भयो साथै उक्त कार्यकमको संचालन जेसी रामु शर्माले गर्नु भएको थियो। प्रतियोगितामा ११ बिद्यालयको सहभागीता रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं