SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    १३२८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत, कुश्मा । होराइजन आबासीय मा.बि र शिवालय मा.बि कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा जारी पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीताको फाईनलमा प्रबेश गरेका छन् । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि लाई १ गोलका बिरुद्ध ४ ले पराजित गर्दै  फाइनलमा प्रबेश गरेको हो। क्वाटरफाइनलमा जनकल्याण मा.बि ले शिवालय मा.बि लाई हराए पनि जनकल्याण मा.बि ले शिवालय मा.बि विरुद्ध अबैधानिक खेलाडीहरु उतारेको हुनाले प्रतियोगिता बाट जनकल्याण मा.बि बाहिरियो भने शिवालय मा.बि सेमिफाइनलमा प्रबेश पायो।

    शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि विरुद्ध निकै नै सुन्दर र सुधारिएको खेल खेल्दै फाईनलमा प्रबेश गर्यो । त्यस्तै दोश्रो सेमिफाइनलमा होराइजन आबासीय मा.बि ले कालीगण्डकी एकेडेमी लाई २-० गोलको संघर्षपूर्ण जित निकाल्दै फाईनलमा प्रबेश गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिम आक्रामक रुपमा खेल खेलेका थिए। खेलमा होराइजन आबासीय मा.बि ले गोल गर्ने धेरै अवसर खेरा फलेको थियो अन्तत खेल २-० ले बिजयी हुदै शिवालय मा.बि संग को भिडन्त पक्का गर्यो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं