News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार

    जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल: होराइजन आबासीय मा.बि र शिवालय मा.बि बिच फाईनल खेल आज ३ बजे हुने

    पर्बत, कुश्मा । होराइजन आबासीय मा.बि र शिवालय मा.बि कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा जारी पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीताको फाईनलमा प्रबेश गरेका छन् । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि लाई १ गोलका बिरुद्ध ४ ले पराजित गर्दै  फाइनलमा प्रबेश गरेको हो। क्वाटरफाइनलमा जनकल्याण मा.बि ले शिवालय मा.बि लाई हराए पनि जनकल्याण मा.बि ले शिवालय मा.बि विरुद्ध अबैधानिक खेलाडीहरु उतारेको हुनाले प्रतियोगिता बाट जनकल्याण मा.बि बाहिरियो भने शिवालय मा.बि सेमिफाइनलमा प्रबेश पायो।

    शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि विरुद्ध निकै नै सुन्दर र सुधारिएको खेल खेल्दै फाईनलमा प्रबेश गर्यो । त्यस्तै दोश्रो सेमिफाइनलमा होराइजन आबासीय मा.बि ले कालीगण्डकी एकेडेमी लाई २-० गोलको संघर्षपूर्ण जित निकाल्दै फाईनलमा प्रबेश गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिम आक्रामक रुपमा खेल खेलेका थिए। खेलमा होराइजन आबासीय मा.बि ले गोल गर्ने धेरै अवसर खेरा फलेको थियो अन्तत खेल २-० ले बिजयी हुदै शिवालय मा.बि संग को भिडन्त पक्का गर्यो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ