SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/४ गते
    १३४९ &#२३४६;&#२३३५;&#२३२५;

    बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले । भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड पर्ब मनाउन र तिनीहरुको संरक्षण र प्रबर्द्धन गरी सबैलाई एकताबद्ध गरी अगाडि बढ्न Victorian Multicultural Commission (भिक्टोरियन बहुसांस्कृतिक आयोग) मार्फत काम गर्ने गर्छ । आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि यस्ले दुइ-दुइ बर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०१९-२१ का लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी जिलोङ निवासी ज्ञानेन्द्र उप्रेतीलाई नियुक्त गरेको छ ।

    सोसियल वर्क्समा मस्टर्स र अन्तराष्ट्रिय बिकासमा ग्राजुएट डिप्लोमा गरेका उप्रेतीले युनाइटेद अरब एमिरेटसमा जिइसिओमा बिजिनेस डेभलपमेण्ट मैनेजर, कम्युनिटी इन्फरमेशन एण्ड सपोर्ट भिक्टोरियामा प्रोजेक्ट अफिसर, दि साल्भेसन आर्मी भिक्टोरिया एन्ड सेण्ट जोन अफ गड हस्पिटलमा सोसियल वर्कर, अस्ट्रेलियाको भिक्टोरियाको रेडक्रसमा केस मैनेजरको अनुभब बटुल्नुका साथै जिलोङमा हुने बिभिन्न पाको फेस्टा, भिजिट नेपाल जस्ता गतिबिधिहरुमा पनि सकृय छन ।

    “आफ्ना कामको अनुभवको आधारमा नेपाल र नेपालीको प्रतिष्ठा उचो राख्ने गरी पदीय दायित्वलाई निर्बाह गर्दै उल्लेखनिय उपलब्धीका साथ आफ्नो कार्यकाल पुरा गर्न सफलता मिलोस – हार्दिक शुभेच्छा!!!” – लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले आफ्नो फेसबुक मार्फत उप्रेतीलाई बधाई दिने क्रममा लेखेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं