News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    यसपाली तिहारमा दिपक र जुनाले सुरु गरे देउसी भैलो,परदेशका दाजु आँउदा मख्ख छिन श्रीस

    नेपालीहरुको महान पर्व विजया दशमी भर्खर मात्र हामीबाट विदा भएर गएको छ । यो सँगै अर्को महान पर्व दिपावली नजिक नजिक आँउदै छ । सांगीतीक रुपमा दशैं जत्तिकै महत्व तिहारको पनि हुने गर्दछ । विगत लामो समय देखि यो पर्व र गीत संगीतको विशेष सम्बन्ध रहेको छ । तिहारमा देउसी भौलो गाउने चलन आजको दिन सम्म आउदा पनि रहिरहेको छ ।

    यसै अवसरमा कलाकाहरुले नयाँ गीत फुलको माला बोलको देउसी भौलो गीत भर्खर मात्र सार्वजनिक गरेका छन । जुना श्री र दिपक परियारको आवाज रहेको सो गीतको उत्कृष्ट शब्द दिपक कँडेलले सिर्जना गरेका छन भने लय सिर्जना चर्चित सर्जक गणेश अधिकारीले गरेका छन ।

    लोकेन्द्र शाहको म्युजिक भिडियो निर्देशन रहेको सो गीतमा दिपक,कोमल र विविको अभिनय रहेको छ । गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ । आउनुहोस गीतको पुरै म्युजिक भिडियो हेरौं

    लाेक कल्याणकारी

    प्रतिक्रिया