SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    १२३३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। अष्टे«लियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्णपदक जितेका छन् । हाल अष्टे«लियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका शिल्पकारले त्यहाँको कण्ट्रि क्लवको प्रतिनिधित्व गर्दै फिजिक क्याटागोरी (शरिर रचना बिधा) र नवप्रवेशि समुहमा स्वर्णपदक जितेका हुन् ।

    स्वर्ण पदक हात पारेपछि सुजनले यही अक्टोवर २६ र २७ मा मेलवर्नमा हुने आईसिएन विश्व च्याम्पियनसिपमा भाग लिन पाउने भएका छन् ।

    सफलता पछि उनले अष्ट्रेलियामा आफुले गरेको मिहिनेतको फल मिलेको प्रतिक्रिया दिएका छन् । यो सफलताले आफुलाई अझै उत्साह थपेको बताउँदै उनले आउँदा दिनमा विश्व मञ्चमा प्रवेश गर्ने बाटो खुलेको बताए ।

    उनले स्वर्ण जितेपछि अष्टे«लियामा बस्ने नेपाली समुदायले खुशी व्यक्त गरेका छन् । आउँदो प्रतिष्पर्धाको लागि शुभकामना दिँदै उनीहरुले विश्व च्याम्पियनमा सुजनको प्रदर्शन हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं