
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन । जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्री रुपमा उनीहरुले त्यो पाउँदैनन् । नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन । अहिले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध यस्तै देखिएको छ । ३ बर्ष अघि बिहे गरेर ६ महिना अघि मात्र शिल्पा र छविले बिहे दर्ता गरेका थिए । यसको अर्थ, छवि र शिल्पा कानुनी रुपमा जोडिएको ६ महिना मात्र भयो । तर, छवि र शिल्पाको सम्बन्ध सकिने बाटोमा छ । घरेलु हिंसाको उजुरीबाट सुरु भएको सम्बन्ध अब डिभोर्सको बाटोमा छ ।
छविसँग डिभोर्स गर्नका लागि शिल्पाले काठमाण्डौ जिल्ला अदालतमा फाइल गरिसकेकी छिन् । शिल्पा र छविको सम्बन्ध सकिनुमा शंका र उमेर अन्तरले साथ दिएको छ । एकले अर्कालाई गर्ने शंका, उमेरको अन्तरले सोचमा देखिएको फरकपनाले गर्दा उनीहरु अलग हुँदैछन् । तर, बाहिरी रुपमा एकले अर्कालाई नराम्रो देखाउने खेल ठूलै छ । छवि र शिल्पाको सम्बन्ध डामाडोल हुने बाटोमा छ । तर, नेपाली फिल्मका कलाकारको डिभोर्स घटना यो पहिलो पटक होइन । छविले नै अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए । रेखा र छविको सम्बन्ध पनि १० बर्षमा सकियो । रेखा र छविको सम्बन्ध पनि शंका र उमेर अन्तरमै सकिएको देखिन्छ ।
गायिका अन्जु पन्त र गायक मनोजराजको पनि डिभोर्स भयो । यो जोडीमा पनि शंकाले ठूलो स्थान लियो । शंका नै शंका र मनोज र अन्जुको पारिवारिक सम्बन्ध टुट्यो । अन्जुको आँशु संचारमाध्यमका लागि मसला त बन्यो । तर, अन्जु र मनोजले पनि करिअरलाइ एकसाथ लैजान सकेनन् ।अभिनेत्री रीमा विश्वकर्माको पनि डिभोर्स भयो । बिहे भएको २ बर्षमै उनको डिभोर्स भयो । रीमाको डिभोर्स हुनुमा पनि शंकाले नै ठूलो हात राख्यो । विदेशमा रहेका उनका पूर्व श्रीमान् र उनी नेपालमा रहँदा शंकाले काम गर्यो र उनीहरु अलग हुन पुगे ।
अभिनेत्री प्रियंका कार्की पनि डिभोर्सी हुन् । उनले भने रोचक मैनालीसँग डिभोर्स गरेकी हुन् । रोचक र प्रियंकाले अमेरिकामा नै बिहे गरे । तर, प्रियंका नेपाल आएपछि उनी फिल्ममा बढी व्यस्त भइन् । यसपछि भने उनी र रोचक मिल्न सकेनन् । दुइले डिभोर्स दिने निर्णय गरे । डिभोर्स भएपछि प्रियंका अब अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा छिन् ।
अभिनेत्री संचिता लुइटेलको पनि पहिलो बिहे डिभोर्समा टुट्यो । अभिनेता आकाश शाह र अभिनेत्री संचिताविच बिहे भएको थियो । तर, आकाश र संचिताको बिहे लामो समय टिक्न सकेन । बिहेलाइ अघि बढाउन नपाएपछि दुइले अलग हुने निर्णय गरे । अभिनेत्री संचिताले आकाशसँग बैबाहिक सम्बन्ध टुटेको केही बर्षपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् ।
गायक धीरज राई र नायिका छुल्ठिम गुरुङको वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेको हो । डिभोर्स गरेरै दुई जना छुट्टीएका थिए । नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको संख्या लामो छ । शिव श्रेष्ठदेखि राजेन्द्र खड्गीसम्मले डिभोर्स गरेर अर्को बिहे गरे ।बिवाहको कुरामा अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी पनि छन् । यी दुइले पनि प्रेम गरेरै बिहे गरे । तर, लामो समयको बैबाहिक सम्बन्ध अलग भयो । यी दुइको सम्बन्धमा पनि शंकाले नै बढी काम गर्यो । कलाकारको वैवाहिक सम्बन्ध अलग हुनुमा शंकाले ठूलो काम गरेको छ ।
विशेषगरि, घर छाडेर लामो समयसम्म छायांकनमा व्यस्त हुनुपर्ने, पुरुष वा महिला कलाकारसँग हिमचिम हुनुपर्ने आदि कारणले गर्दा पनि कलाकारको सम्बन्ध विग्रिएको छ । यसैले कलाकारको घर लामो समयसम्म टिक्दैन पनि भनिन्छ । धेरै कलाकारको यो खालको खबरले विशेषगरि सिनेमा क्षेत्रमा कलाकार हुनका लागि आफ्ना छोराछोरीलाई भित्राउने वर्गको संख्या कम देखिएको हुन्छ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया