
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाण्डौ। पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । विजया दशमी २०७६ को अवसरमा यही असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना हुने भएको हो ।
‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलोपटक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । दिउसो २:३० बजेबाट शुरु हुने कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाण्डौ तथा मोफसलमा रहने पर्वते कलाकारहरुले प्रस्तुती दिनेछन् भने अतिथी कलाकारको रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवि घर्तीको पनि प्रस्तुती रहने बताईएको छ ।
‘पर्वतका सम्पूर्ण कलाकारहरुले एउटै मञ्च प्राप्त गर्ने पहिलो कार्यक्रमको रुपमा हामीले ‘पर्वत संगीत साँझ २०७६’लाई लिएका छौँ’ कार्यक्रमबारे प्रकाश पार्दै समाजका अध्यक्ष कस्तुप पन्तले भने, ‘यो कार्यक्रमले पर्वतका कलाकारलाई संसारभर रहने नेपालीहरुमाझ परिचित गराउने महत्वपूर्ण योगदान दिनेछ भने हामीबीच भाईचाराको भावना पनि जगाउने बिश्वास लिएको छु’ ।
कार्यक्रमको बारेमा आएका सकारात्मक प्रतिक्रियाले यो कार्यक्रम स्वर्णिम हुने बिश्वास लिएको समाजका महासचिव कृष्ण समिप सुवेदीले बताए । ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बिभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका जतिपनि पर्वतेलीहरु हुनुहुन्छ उहाँहरु सबैको साझा कार्यक्रमको रुपमा यो कार्यक्रमलाई लिएका छौँ । उहाँहरुको साथ र हौसलाले पर्वत कलाकार समाजको यो कार्यक्रम सफल हुने बिश्वास हामीमा छ’, सुवेदीले बताए ।
कलाकारहरु कलाकारितामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अगाडी आउँछन् भन्ने भावना जागृत गराउन पर्वत कलाकार समाजको गठन गरेको समाजका बरिष्ठ उपाध्यक्ष कुलेन्द्र बिश्वकर्माले बताए । कार्यक्रमले भौगोलिक रुपमा समेत पर्वत जिल्लालाई चिनाउन मद्दत पुग्ने बिश्वास उनले लिए ।
यस कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने समेत जनाईएको छ । ‘सर्वप्रथम त अक्षयकोषको स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना भएको हो । अक्षयकोषको स्थापनार्थ थोरै भएपनि सहयोग यो कार्यक्रमले गर्नेछ । कसैलाई पनि दु:ख पर्दा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्न लागिएको हो’ समाजका कोषाध्यक्ष कुमार केसीले भने, ‘त्यो सँगै एकजुट भएका पर्वतेली कलाकारहरुमा यस कार्यक्रमले अझै सामित्यता बढाउने पनि हामीले बिश्वास लिएका छौ’ ।
पर्वत संगीत साँझमा स्वदेश तथा विदेशका नेपालीहरुहरुको उपस्थिती रहनेछ । गैर आवसीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीसहितको टोली पनि काठमाडौं आउनेछन् भने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना प्रमूख अतिथी रहनेछन् । त्यस्तै, पर्वत जिल्लाका जनप्रतिनिधीहरुको समेत उपस्थिती रहने बताईएको छ । उक्त कार्यक्रममा गायकद्वय कुलेन्द्र बिश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने जनाईएको छ ।
उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाल टेलिकम, आईएमई, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी विकास बैंक, सेन्चुरी बैंक, सेभेनस्टार ट्राभल, देउराली जनता फर्मासेट्युकल्स, हाईलाईट्स नेपाल लगायतका विभिन्न बैंक, वित्तिय संस्थाहरु तथा अन्य संस्थाहरुले सहयोग गरेका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया