SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/७ गते
    १३०४ &#२३४६;&#२३३५;&#२३२५;

    प्रकाश अधिकारी, पोखरा ।
    पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापा सहित तीन जनालाई विद्यार्थीले करिव पाँच घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । सोमबार पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएका विद्यार्थीहरुले भिसी थापा सहित डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डा. राजेश अधिकारीलाई नियन्त्रणमा लिएर सोही अस्पतालमा साधारण विरामी सरह टिकट काटेर स्वाथ्य चेकजाँच गराउन बाध्य बनाएका छन् ।

    अस्पतालको बेतिथी र लापरवाहीले गर्दा कतिपय सर्वसाधारण बिरामी सरकारी स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै भिसीलाई त्यसको अनुुभुती गराउनको लागि नियन्त्रणमा लिईएको नेता सापकोटाले सारङ्गी न्युुजलाई जानकारी दिए । अस्पतालमा बिरामीले घन्टाँै कुरेर पनि उपचार गर्न नपाउने अवस्था छ । त्यो अवस्थाको अनुभुती गराउनको लागि भिसी, डिन र निर्देशकलाई अनुुभुती गराउनको लागि नियन्त्रणमा लिएका हौँ । अस्पतालको सामाजिक सेवा इकाइमा मात्रै होइन फार्मेसीमा समेत सर्वसुलभ औषधिको अभाव छ यस्तो अवस्था कहिले सम्म ? उनले प्रश्न गरे ।

    टोकन नं. ७८८

    टोकन नं. ७८८ कुनै सर्वसाधरण जनताको नभई गण्डकी प्रदेशकै सबै भन्दा ठूलो सरकारी स्वाथ्य संस्था तथा उपचार केन्द्र पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापाको टोकन हो । उनलाई सोमबार विद्यार्थीको एक हुुलले कव्जामा गरेर साधारण विरामी सरह अस्पतालको ओपीडीको टिकट काटेर उपचार गर्न बाध्य बनायो । भिसी सहित प्रतिष्ठानका डिन डा. नरेन्द्र गुरुङ र निमित्त निर्देशक डा. राजेश अधिकारीले पनि सोही पीडा खेप्नुप्यो ।

    साधारण विरामी सरह लाईनमा वसेका भिसीले अस्पतालको सेवा सर्वसुलभ हुन नसेको स्वीकार गरे । विरामीहरुको ठुलो भिड भएको छ यस्लाई कोप गर्न सकेका छैनौं । छिटो भन्दा छिटो राम्रो बनाउछौं भिसीे थापा भने ।यता भिसीकै आडमा लाइनमा बसेका डिन नरेन्द्र गुरुङले विरामीलाई राम्रो सेवा दिने मन्दिर भएको भन्दै सबै विरामीलाई आफ्नै छोरा छोरी आमाबावुलाई जस्तै सेवा दिनुु पर्ने बताए ।जनशक्तिको अभावले बिरामीको सेवा प्रभावित भएको गुरुङको भनाइ छ ।अस्पतालका निमित्त निर्देशक डा. राजेश अधिकारीले साधारण विरामी र अस्पतालको सिस्टमको अनुुभुती गरेको बताए । उनले विरामीहरुकै सेवाका लागि पहिले भन्दा अहिले धेरै सहज भएको भएपनि अझै सिस्टममा आउन नसकेको बताए ।

    औषधी नै छैन्

    पोखरा १४ काजिपोखरी कि गोमा गिरीको पेट दुखेर आइतबार विहान साढे सात बजे अस्पताल आइन् । टिकट काटिन् १४८ नम्बर छ । सोमबार साढे १२ बजे सम्म पनि पालो आएको छैन् ।माझठानाका दुुर्गाप्रसाद लामिछाने १५ वर्ष देखी प्रेसरको औषधी सेवन गरिरहेका छन् । स्वाथ्य विमा पनि सोही अस्पतालमा गरेका छन् । तर त्यँहा डाक्टरले लेखेको औषधी नै पाइदैन् । फार्मेसीमा अकै औषधी दिन्छन् कसरी खाने ? थप विरामी भए कस्ले जिम्मा लिने ?
    घारीपाटनका गणेशकुुमार श्रेष्ठको पनि समस्या उस्तै छ । स्वाथ्य विमा गरेका उनले डाक्टरले लेखेको औषधी पाएका छैन्न । त्यती मात्रै होइन गिरीले औषधि लिन जाँदा घन्टाँै कुुर्नुपर्ने बाध्यता रहेको बताइन् । कतै थिति छैन् जताततै बेतिथी मात्रै समयमा डाक्टर आउँदैनन् काउन्टरमा शुल्क बुझाउन जाँदा होस् वा अल्ट्रसाउन्ड, प्रयोगशाला जतासुकै लाइन बस्नुपर्ने पीडाले विरामी झन् विरामी भएको उनले गुनासो गरीन् ।

    अस्पताल आफै विरामी

    स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको भए पनि अस्पताल आफै बेलाबेलामा सिकिस्त विरामी पदै आएको छ ।
    हाजिर गरेर टाप कस्ने टुुरिष्ट विज्ञका कारण होस् वा अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनमा आर्थिक चलखेल भएपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको विषयले अस्पताल बेलाबेलामा विरामी पदै आएको छ । आफै विरामी अस्पतालले कसरी विरामीको उपचार गर्ला ?

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं