
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
प्रकाश अधिकारी, पोखरा ।
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापा सहित तीन जनालाई विद्यार्थीले करिव पाँच घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । सोमबार पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएका विद्यार्थीहरुले भिसी थापा सहित डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डा. राजेश अधिकारीलाई नियन्त्रणमा लिएर सोही अस्पतालमा साधारण विरामी सरह टिकट काटेर स्वाथ्य चेकजाँच गराउन बाध्य बनाएका छन् ।
अस्पतालको बेतिथी र लापरवाहीले गर्दा कतिपय सर्वसाधारण बिरामी सरकारी स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै भिसीलाई त्यसको अनुुभुती गराउनको लागि नियन्त्रणमा लिईएको नेता सापकोटाले सारङ्गी न्युुजलाई जानकारी दिए । अस्पतालमा बिरामीले घन्टाँै कुरेर पनि उपचार गर्न नपाउने अवस्था छ । त्यो अवस्थाको अनुभुती गराउनको लागि भिसी, डिन र निर्देशकलाई अनुुभुती गराउनको लागि नियन्त्रणमा लिएका हौँ । अस्पतालको सामाजिक सेवा इकाइमा मात्रै होइन फार्मेसीमा समेत सर्वसुलभ औषधिको अभाव छ यस्तो अवस्था कहिले सम्म ? उनले प्रश्न गरे ।
टोकन नं. ७८८
टोकन नं. ७८८ कुनै सर्वसाधरण जनताको नभई गण्डकी प्रदेशकै सबै भन्दा ठूलो सरकारी स्वाथ्य संस्था तथा उपचार केन्द्र पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापाको टोकन हो । उनलाई सोमबार विद्यार्थीको एक हुुलले कव्जामा गरेर साधारण विरामी सरह अस्पतालको ओपीडीको टिकट काटेर उपचार गर्न बाध्य बनायो । भिसी सहित प्रतिष्ठानका डिन डा. नरेन्द्र गुरुङ र निमित्त निर्देशक डा. राजेश अधिकारीले पनि सोही पीडा खेप्नुप्यो ।
साधारण विरामी सरह लाईनमा वसेका भिसीले अस्पतालको सेवा सर्वसुलभ हुन नसेको स्वीकार गरे । विरामीहरुको ठुलो भिड भएको छ यस्लाई कोप गर्न सकेका छैनौं । छिटो भन्दा छिटो राम्रो बनाउछौं भिसीे थापा भने ।यता भिसीकै आडमा लाइनमा बसेका डिन नरेन्द्र गुरुङले विरामीलाई राम्रो सेवा दिने मन्दिर भएको भन्दै सबै विरामीलाई आफ्नै छोरा छोरी आमाबावुलाई जस्तै सेवा दिनुु पर्ने बताए ।जनशक्तिको अभावले बिरामीको सेवा प्रभावित भएको गुरुङको भनाइ छ ।अस्पतालका निमित्त निर्देशक डा. राजेश अधिकारीले साधारण विरामी र अस्पतालको सिस्टमको अनुुभुती गरेको बताए । उनले विरामीहरुकै सेवाका लागि पहिले भन्दा अहिले धेरै सहज भएको भएपनि अझै सिस्टममा आउन नसकेको बताए ।
औषधी नै छैन्
पोखरा १४ काजिपोखरी कि गोमा गिरीको पेट दुखेर आइतबार विहान साढे सात बजे अस्पताल आइन् । टिकट काटिन् १४८ नम्बर छ । सोमबार साढे १२ बजे सम्म पनि पालो आएको छैन् ।माझठानाका दुुर्गाप्रसाद लामिछाने १५ वर्ष देखी प्रेसरको औषधी सेवन गरिरहेका छन् । स्वाथ्य विमा पनि सोही अस्पतालमा गरेका छन् । तर त्यँहा डाक्टरले लेखेको औषधी नै पाइदैन् । फार्मेसीमा अकै औषधी दिन्छन् कसरी खाने ? थप विरामी भए कस्ले जिम्मा लिने ?
घारीपाटनका गणेशकुुमार श्रेष्ठको पनि समस्या उस्तै छ । स्वाथ्य विमा गरेका उनले डाक्टरले लेखेको औषधी पाएका छैन्न । त्यती मात्रै होइन गिरीले औषधि लिन जाँदा घन्टाँै कुुर्नुपर्ने बाध्यता रहेको बताइन् । कतै थिति छैन् जताततै बेतिथी मात्रै समयमा डाक्टर आउँदैनन् काउन्टरमा शुल्क बुझाउन जाँदा होस् वा अल्ट्रसाउन्ड, प्रयोगशाला जतासुकै लाइन बस्नुपर्ने पीडाले विरामी झन् विरामी भएको उनले गुनासो गरीन् ।
अस्पताल आफै विरामी
स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको भए पनि अस्पताल आफै बेलाबेलामा सिकिस्त विरामी पदै आएको छ ।
हाजिर गरेर टाप कस्ने टुुरिष्ट विज्ञका कारण होस् वा अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनमा आर्थिक चलखेल भएपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको विषयले अस्पताल बेलाबेलामा विरामी पदै आएको छ । आफै विरामी अस्पतालले कसरी विरामीको उपचार गर्ला ?


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया