SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/७ गते
    १२८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान तथा कार्यहरु अघि बढाउने महासंघले घोषणा गरेको हो ।

    महासंघले मंगलवार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको २३ बुँदे जावलाखेल घोषणा २०७६ मा शिक्षा मन्त्रालय र महासंघबीच भएका सहमति अक्षरंश समावेश गरी अविलम्व नयाँ शिक्षा ऐन जारी गर्न दबाबमूलक आन्दोलन गर्नेसमेत घोषणा गरिएको छ ।

    शिक्षामा रहेको निजीकरण र व्यापारीकरणको नियन्त्रण र नियमनका लागि पहल गर्ने, शिक्षकहरुलाई सूचनाप्रविधि मैत्री बनाउन तालीमहरु सञ्चालन गर्ने, विद्यालय शिक्षकतथा कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि शिक्षक अस्पताल निर्माण गर्न विशेष पलकदमी लिने घोषणा गरेको छ ।
    प्राकृतिक विपत्ति तथा दूर्घटनामा परेका विद्यालय शिक्षक तथा कर्मचारीलाई आर्थिक सहयोग गर्न प्राकृतिक विपत्ती तथा दुर्घटना कोषको थालनी यहीवर्षबाट गर्ने पनि महासंघले घोषणा गरेको छ ।

    नयाँ शिक्षा ऐन र नियमावली जारी भई नयाँ ढङ्गबाट व्यवस्थापन नहुञ्जेल कार्यरत विद्यालय कर्मचारीलाई विद्यालयमा यथावत कार्यगर्ने प्रबन्ध गर्न महल कदमी लिने पनि महासंघले घोषणा गरेको छ ।

    महासंघको ४ र ५ गते सञ्चालित प्रथम राष्ट्रिय परिषद् पछि जारी घोषणामा विद्यालय शिक्षक र कर्मचारीको हालको पोशाक परिवर्तन गर्न पहलकदमी लिने विषयलाई महत्व दिईएको छ । सामाजिक सञ्जालबाट अभिमत संकलन गर्ने र सोही अभिमतका आधारमा नयाँ पोशाक तोक्ने प्रवन्धका लागि पहलकदमी लिने महासंघको घोषणा छ ।

    शिक्षकको अनिवार्य अवकासको उमेर ६३ बर्ष बनाउने र पेन्सनका लागि अस्थायी सेवाअवधिको समेत गणना गर्ने कानून निर्माणमा कडा अभियान चलाउने महासंघको घोषणा छ । यस्तै शिक्षक कर्मचारीका सवालमा मन्त्रालयसँग यस अघि भएका सहमती कार्यान्वनमा दबाव दिने, न्यूनत तलबमा काम गर्दै आएका बालविकास शिक्षक र कर्मचारीको तलवमान वृद्धिका लागि दबाव दिने महासंघको घोषणा छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष बाबुराम थापाले महासंघको घोषणा र विगतको सहमति शिक्षा मन्त्रालयले एकहप्ताभित्र कार्यान्वयनमा नलगे वा यसविषयमा चासो नदिए महासंघले सडक आन्दोलन शुरु गर्ने दाबी गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं