
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान तथा कार्यहरु अघि बढाउने महासंघले घोषणा गरेको हो ।
महासंघले मंगलवार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको २३ बुँदे जावलाखेल घोषणा २०७६ मा शिक्षा मन्त्रालय र महासंघबीच भएका सहमति अक्षरंश समावेश गरी अविलम्व नयाँ शिक्षा ऐन जारी गर्न दबाबमूलक आन्दोलन गर्नेसमेत घोषणा गरिएको छ ।
शिक्षामा रहेको निजीकरण र व्यापारीकरणको नियन्त्रण र नियमनका लागि पहल गर्ने, शिक्षकहरुलाई सूचनाप्रविधि मैत्री बनाउन तालीमहरु सञ्चालन गर्ने, विद्यालय शिक्षकतथा कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि शिक्षक अस्पताल निर्माण गर्न विशेष पलकदमी लिने घोषणा गरेको छ ।
प्राकृतिक विपत्ति तथा दूर्घटनामा परेका विद्यालय शिक्षक तथा कर्मचारीलाई आर्थिक सहयोग गर्न प्राकृतिक विपत्ती तथा दुर्घटना कोषको थालनी यहीवर्षबाट गर्ने पनि महासंघले घोषणा गरेको छ ।
नयाँ शिक्षा ऐन र नियमावली जारी भई नयाँ ढङ्गबाट व्यवस्थापन नहुञ्जेल कार्यरत विद्यालय कर्मचारीलाई विद्यालयमा यथावत कार्यगर्ने प्रबन्ध गर्न महल कदमी लिने पनि महासंघले घोषणा गरेको छ ।
महासंघको ४ र ५ गते सञ्चालित प्रथम राष्ट्रिय परिषद् पछि जारी घोषणामा विद्यालय शिक्षक र कर्मचारीको हालको पोशाक परिवर्तन गर्न पहलकदमी लिने विषयलाई महत्व दिईएको छ । सामाजिक सञ्जालबाट अभिमत संकलन गर्ने र सोही अभिमतका आधारमा नयाँ पोशाक तोक्ने प्रवन्धका लागि पहलकदमी लिने महासंघको घोषणा छ ।
शिक्षकको अनिवार्य अवकासको उमेर ६३ बर्ष बनाउने र पेन्सनका लागि अस्थायी सेवाअवधिको समेत गणना गर्ने कानून निर्माणमा कडा अभियान चलाउने महासंघको घोषणा छ । यस्तै शिक्षक कर्मचारीका सवालमा मन्त्रालयसँग यस अघि भएका सहमती कार्यान्वनमा दबाव दिने, न्यूनत तलबमा काम गर्दै आएका बालविकास शिक्षक र कर्मचारीको तलवमान वृद्धिका लागि दबाव दिने महासंघको घोषणा छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष बाबुराम थापाले महासंघको घोषणा र विगतको सहमति शिक्षा मन्त्रालयले एकहप्ताभित्र कार्यान्वयनमा नलगे वा यसविषयमा चासो नदिए महासंघले सडक आन्दोलन शुरु गर्ने दाबी गरे ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया