
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले ५५ वर्ष माथिको एकलतफर्प भारतिय खेलाडी एसएन बसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन् ।
च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को नतिजा निकाले । त्यसैगरी अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी बिकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी अर्को खेलमा पोखराका युवा खेलाडी बिकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा पराजित गरे ।
यसअघि गण्डकी प्रदेश आर्थिक विकास समितिका सभापति एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक कोईरालाले टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले टेनिसले पोखरामा खेल पर्यटनमा महत्पूर्ण योगदान पु¥याएको बताए । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे तामाङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोह सचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया