
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मप्रति शनिबार पनि दर्शकको क्रेज उस्तै जबरजस्त देखिएको छ । बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा फिल्मले आक्रामक व्यापार गरेको छ ।
शनिबार फिल्मले १ करोड ७० लाखको आसपासमा व्यापार गर्ने फिल्म पण्डितहरुको अनुमान छ । राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्समा कब्जा जमाएको यो फिल्म शनिबार देशैभर शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । एकलभन्दा मल्टीप्लेक्समा फिल्मको कलेक्सनमा उछाल छ । पहिलो विकेन्डबाटै फिल्मको लगानी सुरक्षित हुने देखिएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि काठमाडौंको पाँच स्टेशनमा कूल ३८ सोज बाँडेको थियो । फिल्म हेर्न उर्लिएको दर्शकको भीड देखेर शनिबार ३ सोज बढायो । शनिबार फेरि २ सोज थपेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ले मल्टीप्लेक्समा बलिउड फिल्म ‘द जोया फ्याक्टर’ र हलिउड फिल्म ‘र्याम्बो’ लाई समेत विस्थापित गरेको छ । यी दुबै फिल्मले हलमा दर्शकको चर्को अभाव खेपेका छन् ।
राजधानीमा सञ्चालित एफक्यूब, विएसआर, सिडिसी, क्यूज, विगलगायतका मल्टीप्लेक्सहरुमा पनि उच्च सोज पाएको फिल्म हेर्न शनिबार दर्शकको ठूलो घुइँचो रहेको हल सञ्चालकले बताएका छन् । मध्यम वर्गिय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका सिंगल थिएटरमा पनि फिल्मले शनिबार दर्शकको अभाव झेल्नु परेको छैन । सबै सोजमा दर्शकको ठूलो चाप देखिएको छ ।
निर्मातालाई ठूलो शेयर हात पर्ने गोपीकृष्ण हलले शनिबार दिउँसो २ बजेको सोजमा यो फिल्मलाई ५ वटा हल उपलब्ध गराएको छ । र, सबै हल हाउसफुल भएको गोपीकृष्णका तिर्थ पौडेलले जानकारी दिए । धेरैपछि हलमा दर्शकको यसप्रकारको भीड देखिएको उनी बताउँछन् । मोफसलका प्रमुख स्टेशनमा पनि शनिबार बिहानैदेखि फिल्मले आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त छ । फिल्म हेर्न सबै उमेर समुहका दर्शक हल पुगेका छन् ।
देशैभर फिल्मको आक्रामक व्यापारबाट खुसी भएको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्यो । दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराललाई साथ लिएर निर्देशक गुरुङ शनिबार दिउँसो गोपीकृष्ण हल पुग्दा दर्शकले न्यायो स्वागत गरे । फिल्मका कलाकारसँग सेल्फी खिच्न दर्शकको थामिनसक्नु भीड लागेको थियो ।
फिल्म हेरेर निस्किएका दर्शकले अभिनेता दयाहाङसँग ‘काजीको कहिल्यै बिहे नहुने भयो’ भन्दै गुनासो गरेका थिए । तर, दर्शकले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गोपीकृष्णको बालकुनीमा उभिएर कलाकारहरुले दर्शकसँग फिल्मको गीत पनि गाए । शनिबार आफ्नो जन्मदिन मनाइरहेकी अभिनेत्री उपासनाले हलमै फिल्मको टिमसँग केक काटेर जन्मदिन पनि सेलिब्रेट गरिन् । उनले पहिलो केक दयाहाङलाई खुवाएकी थिइन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया