SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२ गते
    १३०३ &#२३४६;&#२३३५;&#२३२५;

    विकासराज पौडेल पर्वत ।
    जिल्ला प्रहरी कार्यालयको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी संग एक दिन अवलोकन भ्रमण तथा अन्र्तकृया कार्यक्रम जिल्ला प्रहरी कार्यलयमा सम्पन्न भइको छ । कार्य्र्रक्रममा सहिद स्मारक अग्रेजी आवासिय मा वि का कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    विद्यार्थीहरुलेजिल्ला प्रहरी कार्यालय पर्वतको कार्यालय भित्र रहेका विभिन्न शाखाहरु र तिनका कार्यसम्पादनका बारेमा जानकारी लिएका छन ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले कार्यसम्पादनका वारेमा प्रष्ट पार्नु भएको थियो उक्त भ्रमण कार्यक्रमको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले विद्यार्थिहरुसंग भेटघाट गरी विधार्थीहरुको मनोभावना एवम् प्रहरी प्रतिको सोचाई, घरेलु एवम् सामाजिक अपराध न्यूनीकरणमा विद्यार्थीहरुको भुमिका, डायल १००, साईवर अपराध जस्ता विषयमा अन्तरक्रिया गर्नुभएको थियो भने विद्यार्थीहरुले प्रहरीसंग सम्वन्धित जिज्ञासाहरु समेत राखेका थिए ।

    उक्त अवलोकन भ्रमणको सहजिकरण कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल र प्रहरी जवान बसन्त सुनारले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं