News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    कुश्मा बजार नजिकै रहेको अर्मादी रिठे खोलाले ट्याक्सी बगायो, अहिले यस्तो छ अबस्था

    पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो।

    खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्‍याउँदा हिलोमा फसेको थियो। पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो। सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया