SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    १७५३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो।

    खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्‍याउँदा हिलोमा फसेको थियो। पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो। सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं